एभरेष्ट बैंकको नाफा स्थिर गतिमा उकासियो

एभरेष्ट बैंकको नाफा स्थिर गतिमा उकासियो तरुण खबर १४ माघ २०८२, बुधबार ११:१९
एभरेष्ट बैंकको नाफा स्थिर गतिमा उकासियो

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा एभरेष्ट बैंक लिमिटेडले अघिल्लो वर्षको तुलनामा नाफामा सामान्य वृद्धि गर्न सफल भएको छ। बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा बैंकको खुद नाफा २.०४ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि सामान्य रूपमा बढेको छ। साउनदेखि पुस मसान्तसम्म सञ्चालन मुनाफा २.०६ प्रतिशतले वृद्धि भई ३ अर्ब १७ करोड १६ लाख रुपैयाँ पुगेको छ। यद्यपि, यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज भने अघिल्लो वर्षको ३४ करोड ९५ लाख रुपैयाँबाट बढेर ५६ करोड २७ लाख रुपैयाँ पुगेको छ।

आम्दानीतर्फ बैंकको प्रदर्शन सकारात्मक देखिएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशतले बढेर ४ अर्ब ५७ करोड २९ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी २०.३८ प्रतिशतले वृद्धि भई ९२ करोड ९ लाख रुपैयाँ पुगेको छ।

वितरणयोग्य मुनाफाको अवस्था मजबुत देखिएको छ। यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ पुगेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी १८ रुपैयाँ १४ पैसाले बढेर ४८ रुपैयाँ ७२ पैसा पुगेको छ।

वित्तीय सूचकअनुसार बैंकको प्रतिशेयर आम्दानी (EPS) ३० रुपैयाँ ८६ पैसा कायम भएको छ। बैंकको मूल्य–आम्दानी (P/E) अनुपात २१.३९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ १५ पैसा रहेको छ।

यस अवधिमा बैंकको आधार दर (बेस रेट) घटेर ४.७५ प्रतिशतमा झरेको छ भने खराब कर्जा अनुपात सामान्य रूपमा बढेर ०.६८ प्रतिशत पुगेको छ। पूँजी संरचनातर्फ बैंकको चुक्ता पूँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको छ। बैंकको शेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ तथा रिजर्भमा १४ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ सञ्चित रहेको छ।

व्यवसाय विस्तारतर्फ, बैंकले यस अवधिमा ३ खर्ब ४ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।