तरुण खबर
१४ माघ २०८२, बुधबार ११:३७
एनसेलले आफ्नो ISO 27001:2022 (ISMS) र ISO 27701:2019 (PIMS) प्रमाणपत्र सफलतापूर्वक पुनः नविकरण गरेको छ, जसले कम्पनीलाई सूचना सुरक्षा र डेटा गोपनीयतामा अग्रणी रुपमा स्थापित गरेको छ।
गत वर्ष एनसेल नेपालमा पहिलो दूरसञ्चार कम्पनी बनेर सूचना सुरक्षा व्यवस्थापन प्रणाली (ISMS) र प्राइभेसी इन्फर्मेशन म्यानेजमेन्ट सिस्टम (PIMS) दुवैमा प्रमाणित भएको थियो। प्रमाणपत्रको पुनः नविकरणले एनसेलको ग्राहक जानकारी सुरक्षित राख्ने प्रतिबद्धता र अन्तर्राष्ट्रिय मानक अपनाउने दृष्टिकोणलाई थप पुष्टि गरेको छ।
ISO-मान्यताप्राप्त निकायले बाह्य अडिटर तोक्दा, एनसेलको डेटा सेन्टर, ग्राहक सेवा, र आईटी सेवाको ISO नियन्त्रण अनुसार मूल्यांकन गरिएको थियो। अडिटरले कम्पनीका सूचना सुरक्षा र डेटा गोपनीयता प्रक्रियाहरू ISO-निर्धारित मानक अनुरूप रहेको प्रमाणित गरेका छन्। यो प्रमाणपत्र अर्को एक वर्षसम्म मान्य हुनेछ।
ISO 27001 प्रमाणपत्रले एनसेलले ग्राहक र साझेदारको डेटा साइबर खतराबाट र अनधिकृत पहुँचबाट सुरक्षित राख्न बलियो उपायहरू लागू गरेको देखाउँछ। त्यसैगरी, ISO 27701 प्रमाणपत्रले व्यक्तिगत डेटा सुरक्षा र डेटा उल्लङ्घन जोखिम कम गर्न कम्पनीको मजबुत फ्रेमवर्कलाई संकेत गर्दछ।
एनसेलका यी प्रमाणपत्रहरूले ग्राहकहरूको विश्वास, सुरक्षा र गोपनीयता सुनिश्चित गर्ने प्रतिबद्धता पुनः पुष्टि गरेको छ। कम्पनीका प्रणालीहरूले व्यवधान कम गर्ने, सम्भावित जोखिम न्यून गर्ने र व्यापार निरन्तरतामा सुधार गर्ने लक्ष्य राखेका छन्।
यस पुनः नविकरणसँगै एनसेलले नेपालमा डेटा सुरक्षा र गोपनीयता क्षेत्रमा आफ्नो नेतृत्वलाई अझ सुदृढ बनाएको छ।


