भारतको केरलामा जीका भाइरसका ६३ जना संक्रमित

भारतको केरलामा जीका भाइरसका ६३ जना संक्रमित तरुण खबर १७ श्रावण २०७८, आईतवार १०:०७
भारतको केरलामा जीका भाइरसका ६३ जना संक्रमित

जीका भाइरसले मस्तिस्कमा क्यान्सर गराउँने क्षमता राख्छ

काठमाडौं । भारतको केरला र महाराष्ट्रमा जीका भाइरस पाइएको छ । महाराष्ट्र स्वास्थ्य विभागले हिजो शनिवार जानकारी दिए अनुसार जीका भाइरस पहिलो पटक महाराष्ट्रमा देखिएको हो । महाराष्ट्रको पुणे जिल्लाको एक गाउँमा ५० वर्षीया महिलामा देखिएको हो । उनको उपचार भैरहेको छ, उपचार गरिरहेका चिकित्सकका अनुसार उनको स्वास्थ्यमा धेरै सुधार आएको छ । केरला जिका भाइरस ६३ जनामा देखिएको छ । केरलाकी स्वास्थ्य मन्त्री वीना जर्जले जानकरी दिए अनुसार शनिवार केरलामा अरु दुई जीका भाइरसका पीडितहरु थपिएको छन् ।

यसअघि भारतको केरला राज्यमा जीका भाइरसका १४ संक्रमित फेला परेका थिए । त्यहाँको सरकारले सतर्कता बढाएको थियो । केरलाकी स्वास्थ्यमन्त्री विना जर्जले तिरुअनन्तपुरम जिल्लामा जिका भाइरसका संक्रमित फेला परेको पुष्टि गरेकी थिइन् । विनाले भनेकी छिन्– राज्यको सबै स्वास्थ्य निकायलाई सतर्क गराइएको छ । सबै जिल्लाको मेडिकल अधिकारीलाई पनि विशेष गरी गर्भवती महिलाको ख्याल गर्न भनिएको छ । ‘हामी लगातार अनुसन्धान गरिरहेका छौं । हामीले पुनेस्थित नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीलाई नमुना संकलन गरेर पठाइरहेका छौं । चिन्ता गर्नुपर्ने त्यस्तो केही छैन । हामीले राज्यभर परीक्षण र निगरानी बढाएका छौं’ उनले भनेकी थिइन् ।

सन् १९४७ मा युगाण्डाको जीका जंगलका बाँदरमा पहिलोपटक यो भाइरस देखिएको थियो । तर, सन् १९५२ मा यसलाई औपचारिक रुपमा एक विशेष किसिमको भाइरस मानिएको थियो । यद्यपि शोधकर्ताहरुका अनुसार भारतमा ठूलो संख्यामा मानिसहरु संक्रमित भएका छन् भन्ने अनुमान गरिएको थियो । किनकि १९६ जनामा परीक्षण गर्दा ३३ जना मानिसमा यो भाइरसविरुद्धको प्रतिरोधी क्षमता विकास भइसकेको पाइएको थियो । यी शोधकर्ताहरुले जिका भाइरसले भारतमा पनि मानिसहरुलाई संक्रमित बनाइरहेको निष्कर्ष निकालेका थिए ।

यो भाइरस विशेषगरी लामखुट्टेबाट फैलिने गरेको छ । यद्यपि यौन सम्बन्धबाट पनि यो भाइरस सर्न सक्छ । विश्व स्वास्थ्य संगठनले जीका नामक भाइरस क्यानडा र चिले बाहेक अमेरिकी महादेशहरुका सबै देशहरुमा फैलिन सक्ने सम्भावना रहेको बताएको छ । सो भाइरसको संक्रमणलाई सानो मष्तिष्क हुने शारिरीक खराबी सहित गरी बालबालिकाको जन्मका लागि जीम्मेवार ठानिएको छ । लामखुट्टेबाट सर्ने उक्त भाइरसको महामारी गत बर्षको मे महिना देखि ब्राजीलमा तीव्र गतिमा फैलिरहेको छ । जीका एइडीज प्रजातिको लामखुट्टेबाट सर्ने गर्दछ तर अनुसन्धानकर्ताहरु अन्य तरीकाबाट पनि सो भाइरस सर्ने सम्भावना रहेको बताउंछन् ।