तरुण खबर
१८ श्रावण २०७८, सोमबार ०९:२१
अमेरिकामा संक्रमणबाट ६ लाख २९ हजार ३८० भन्दा बढीको मृत्यु
काठमाडौं । अमेरिककामा पछिल्लो २४ घण्टा (१, अगष्ट) मा २ लाख ३८ हजार २२९ जनाको नमुना परीक्षण गर्दा २१ हजार ७६८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ३१, जुलाईमा ५ लाख ९१० जनाको नमुना परीक्षण गर्दा ५३ हजार ४३१ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (१, अगष्ट) मा कोरोना भाइरसको संक्रमणबाट ६४ जनाको मात्रै मृत्यु भएको छ । ३१, जुलाईमा कोरोना भाइरसको संक्रमणबाट २४२ जनाको मृत्यु भएको थियो ।
अमेरिकामा साउन १८ गते सोमबार बिहान ७.३० बजेसम्ममा ३ करोड ५७ लाख ६८ हजार ९२४ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये सोमबार बिहान ७.३० बजेसम्ममा २ करोड ९६ लाख ७३ हजार २९० जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार साउन १८ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५४ लाख ६६ हजार २५४ जना छन् ।
नेपाली समय अनुसार साउन १८ गते सोमबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ५२ करोड ९९ लाख १८ हजार ४९ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १९ करोड ८४ लाख ६८ हजार ७६८ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १९ करोड ८४ लाख ६८ हजार ७६८ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट साउन १८ गते सोमबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख २९ हजार ३८० जनाको मृत्यु भैसकेको छ ।
साउन १८ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड ९० लाख ७ हजार ६२१ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ लाख ४० हजार ३१२ जना छन् ।


