नबिल बैंकका संस्थापक सेयर सर्वसाधारणका लागि खुला

नबिल बैंकका संस्थापक सेयर सर्वसाधारणका लागि खुला तरुण खबर १ फाल्गुन २०८२, शुक्रबार ११:१४
नबिल बैंकका संस्थापक सेयर सर्वसाधारणका लागि खुला

काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्ना केही संस्थापक सेयरधनीहरूको नाममा रहेको कुल १ लाख २५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारण व्यक्ति तथा संस्थाहरूका लागि बिक्री खुला गरेको छ।

बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै ३५ दिनको सूचना प्रकाशित गरेको थियो। तर सो अवधिभित्र कुनै पनि आवेदन नपरेपछि अब अन्य इच्छुक लगानीकर्ताहरूलाई सेयर खरिदको अवसर प्रदान गरिएको हो।

बैंकद्वारा प्रकाशित सूचनाअनुसार,

  • संस्थापक सेयरधनी जीत बहादुर श्रेष्ठको ५० हजार कित्ता,

  • जश श्रेष्ठको २५ हजार कित्ता (प्रतिकित्ता रु. ३०१.१० दरमा),

  • तथा जिज्ञाशा अर्यालको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

इच्छुक व्यक्ति वा संस्थाहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ। सेयर खरिदका लागि आवेदन नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, नारायणचौरस्थित कार्यालयमा बुझाउनुपर्ने बैंकले जनाएको छ।

बैंकको दीर्घकालीन सम्भावनामा विश्वास गर्ने लगानीकर्ताहरूका लागि यो संस्थापक सेयरमा सहभागी हुने थप अवसरका रूपमा हेरिएको छ।