सुनचाँदीमा आज सहजता, मूल्य घट्यो

सुनचाँदीमा आज सहजता, मूल्य घट्यो तरुण खबर १ फाल्गुन २०८२, शुक्रबार ११:१६
सुनचाँदीमा आज सहजता, मूल्य घट्यो

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। **नेपाल सुनचाँदी व्यवसायी महासंघ**ले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज छापावाल सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घट्दै ३ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको भाउ पनि घटेर आज तोलाको ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार चाँदी तोलाको ५ हजार ४० रुपैयाँ थियो, जसअनुसार आज ४० रुपैयाँको कमी आएको हो।

महासंघका अनुसार बिहीबार एक तोला सुनको मूल्य ३ लाख ६ हजार ५०० रुपैयाँ रहेको थियो।