तरुण खबर
१८ श्रावण २०७८, सोमबार ०९:३१
टाङा राख्ने वा रोक्ने ठाउँ– १
मन्दिर– २
पुस्तकालय– १
साधुसन्त भवन– १
काठमाडौं । पुनर्वासी र रैथानेहरूको दैनिक तथा अन्य उपभोग्य आवश्यकतालाई विचार गरेर खजुरा बजारको अवधारणा अघि सारिएको थियो । यसका लागि खजुरा बजार क्षेत्र भनेर ८० बिघा जमिन हुलाकी सडकसँगै पारेर छुट्याइयो । छुट्याइएका जमिनमध्ये औसत दुई कट्ठाका दरले बेचिएको हो । २०३६ सालको अन्तसम्मको तथ्यांकअनुसार खजुरा बजारको ९५५ प्लट जग्गा बिक्री गरियो, जसबाट नेपाल पुनर्वास कम्पनीलाई तीन लाख ४६ हजार ७३० रुपैयाँ प्राप्त भएको थियो । यो हिसाबले प्रतिप्लट ३६३ रुपैयाँ परेको देखिन्छ ।
नेपालका सात भूपू सैनिक गाउँ
नेपालमा सैनिकहरू मात्र बसोबास गराइएका गाउँ सातवटा छन् । (सन् १९५२) २००९ सालमै उदयपुर जिल्लामा सैनिक भेट्रान, अवकाशप्राप्तहरूले राजा त्रिभुवनलाई आफूहरूलाई जग्गा उपलब्ध गराउन सामूहिक आग्रह गरेका थिए । त्रिभुवनले उनीहरूलाई उदयपुरमा जग्गा उपलब्ध गराएपछि भूपू सैनिकहरूले २०१६ सालमा पहिलो सैनिक गाउँ स्थापना गरे । त्यसपछि हालसम्म थप ६ वटा सैनिक गाउँ विकास गरिएका छन् । यीमध्ये झापामा दुई, सुनसरी, नवलपरासी, रूपन्देही र बाँकेको खजुरामा एक गरी मुलुकमा कुल सात सैनिक गाउँ रहेका छन् । पुनर्वासअन्तर्गतकै सैनिक गाउँमा भने पुनर्वासका अन्य गाउँभन्दा फरक अधिकार दिइएको छ । उनीहरूलाई आफ्नो गाउँको विकास र सुरक्षालगायत अनौपचािरक रूपमा सीमा सुरक्षाको समेत थप जिम्मेवारी दिइएको छ ।
नेपालका दक्षिणी सीमाहरू सरकारका लागि लामो समयदेखि नै चासोको विषय रहँदै आएको छ । खजुराका हकमा १६औं र १७औं शताब्दीताका यो क्षेत्र दिल्लीमा रहेको मुगल साम्राज्यअन्तर्गत थियो । अठारौं शताब्दीको अन्ततिर यो क्षेत्रलाई पृथ्वीनारायण शाहले एकीकरण अभियानअन्तर्गत नेपालमा गाभेका हुन् । इस्ट इन्डिया कम्पनीसँग सन् १८१६ को सुगौली सन्धिपछि गुमेको यो क्षेत्र, राणा प्रधानमन्त्री जंगबहादुर राणाले इस्ट इन्डिया कम्पनीलाई लखनउ विद्रोह दवाउन गरेको सहयोग फलस्वरूप नेपाललाई नै फिर्ता दिइएको थियो ।
पुनर्वास योजनाअन्तर्गत सीमामा हुन सक्ने अतिक्रमण रोक्दै सीमा सुरक्षालाई बलियो बनाएर सांस्कृतिक एकतालाई समेत अघि बढाउन सैनिक गाउँको अवधारणा अघि सारिएको हो । सीमा क्षेत्रलाई चोर, डाकु, तस्करहरूबाट सुरक्षित गर्नसमेत यो अवधारणा उपयोगी देखियो । सीमाक्षेत्रका जंगल हटाएर बस्ती बसाउन राजास्तरीय निर्णयबाट काम अघि बढाउनु परेको थियो । साथै, सैनिक गाउँका सबै गाउँलेहरू एक तहसम्म शिक्षित थिए । उनीहरूलाई हातमुख जोर्न अवकाशबापतको पेन्सन सहयोगी हुन्थ्यो र सबै मूलीहरू हतियारसँग अभ्यस्त थिएँ । नेपालमा पुनर्वास गराइएका गाउँमध्ये सैनिक गाउँहरूको स्तर अन्यभन्दा उच्च देखिन्छ ।


