तरुण खबर
१९ श्रावण २०७८, मंगलवार ०९:२०
काठमाडौं । कुनै देशले ओलिम्पिक्स आयोजना गर्दा प्रतियोगिता आयोजना गर्ने सहरको महत्वपूर्ण हिस्सालाई सफा बनाउने र पुनर्निर्माण गर्ने काम गरिन्छ । यसै क्रममा टोक्योका सयौँ घरबारविहीन व्यक्तिहरूलाई ओलिम्पिक रङ्गशाला, रेल स्टेसन र पार्कहरू नजिकैका क्षेत्रबाट लखेटिएको छ । जापानी अधिकारीहरूले घरबारविहीन गरिबहरूलाई लुकाएको आरोप खेपिरहेका छन् । टोक्यो ओलिम्पिक्स शुरु भएको एक हप्तामा थुप्रै रोमाञ्चक कुराहरू भएका छन् ।
अमेरिकी जिम्न्यास्टिक खेलाडीले देखाएको कला होस् वा मानसिक स्वास्थ्यका लागि भन्दै समोन बायल्स खेलबाट पछाडि हटेको विषय, विश्वभरि ओलिम्पिक्स खेलका विभिन्न पक्षका समाचारका शीर्षक बनेका छन् । अन्य थुप्रै रोचक क्षण र उत्कृष्ट जित पनि देखिएका छन् भनी बीबीसीको अनलाइनमा उल्लेख छ ।
किशोर पौडीबाज अहमद हाफ्नाओई ४०० मिटर ’फ्रिस्टाइल’मा आश्चर्यजनक जित हासिल गरेर स्वर्ण पदक जित्ने पहिलो अफ्रिकी खेलाडी हुँदा त्यसले सबैलाई अचम्मित पा¥यो । १८ वर्षीय उनी छनोट चरणको खेलमा सबैभन्दा पुछारमा रहेर फाइनलमा पुग्ने खेलाडी थिए । उनको जित ओलिम्पिक्समा अहिलेसम्मको सबैभन्दा ठूलो अचम्मको विषय मानिएको छ । म अन्तिम चरणका लागि छानिएँ भन्दा छक्क परेको थिएँ । अहिले स्वर्ण जितेर फेरि चकित भएको छु– हाफ्नाओईले भनेका थिए । उनको जित कतिसम्म आश्चर्यचकित पार्ने घटना थियो भने उनले पौडीस्थलमा पूरा पोसाक पनि ल्याएका थिएनन् । उनले टिसर्टमात्रै लगाएर पदक थाप्नुपर्यो ।
६३ हजार जनसंख्या भएको मुलुकलाई स्वर्ण पदक
६३ हजार जनसंख्या भएको सानो मुलुकले स्वर्ण पदक जितेर संसारलाई आश्चर्य पारेको छ । तेत्तीस वर्षीया फ्लोरा डफीले चौथो पटक ओलिम्पिक्समा सहभागी भएकी थिइन् । उक्त खेलका लागि मैदानमा रहेका ५६ महिलामध्ये उनी उत्कृष्ट साबित भइन् । उनले ट्रायाथ्लनका सबै कार्य एक घण्टा ५५ मिनेट ३६ सेकेन्डमा पूरा गरिन् ।
त्यो भनेको ब्रिटेनकी जोर्जिया टेलर–ब्राउन र अमेरिकाकी केटी जाफेरेसको तुलनामा एक मिनेटभन्दा अगाडि हो । ग्रीष्मकालीन ओलिम्पिक्समा पदक जित्ने सबैभन्दा कम जनसङ्ख्या भएको देशको रेकर्ड यसअघि पनि बम्र्यूडाकै नाममा थियो । सन् १९७६ मा क्लारेन्स हिलले बक्सिङमा कांस्य पदक जितेपछि उक्त देशको नाममा त्यो कीर्तिमान कायम भएको थियो ।
मैले कहिल्यै पनि ओलिम्पिक्सलाई मन पराउने बन्नका निम्ति सिफारिस गरिनँ । वास्तवमै यसले अहिले त्यसको लायक बनायो । मलाई लाग्छ अहिले पूरा बम्र्यूडा उन्मादमा होला । त्यसले यो मेरा लागि विशेष छ । हो, मेरा लागि यो सपना थियो तर मलाई थाहा थियो यो मभन्दा ठूलो कुरा हो ।
दाजु–बहिनीलाई स्वर्ण पदक
आबे परिवारका लागि आइतवार निकै गज्जबको दिन थियो । बुडोकन मार्सल आर्टस् एरिनाबाट उनीहरूले घरमा एउटा होइन, दुईवटा स्वर्ण पदक लगेका थिए । फ्रान्सकी अमान्दिन बुचार्डलाई हराएकी हुन् । विगत चार वर्षमा बुचार्डलाई हराउने उटा एक्ली खेलाडी हुन् । फ्रान्सकी अमान्दिन बुचार्डलाई हराउने उनी पहिलो खेलाडी हुन् । जुडो ५२ किलो महिलातर्फ जापानका लागि ओलिम्पिक खेल जित्ने उटा आबे पहिलो खेलाडी बनिन् । त्यसकै केही बेरमा उनका दाइ हिफुमाले जुडो ६६ किलो पुरुषतर्फ आयोजक देशलाई विजयी बनाए । एकै दिन ओलिम्पिक स्वर्ण पदक दाजु–बहिनीले जितेको यो पहिलो घटना हो ।
खेल्न जानुअगाडि आफ्नी बहिनीले जितिसकेको थाहा पाएपछि ठट्टा गर्दै हिफुमीले भनेका थिए– उनको दाइ भएको हिसाबले हार्ने छुट मलाई छैन । कोभिडका कारण छनोट चरणको प्रतियोगिता हुन सकेको थिएन । उनी झन्डै ओलिम्पिक्स नै खेल्न नपाउने भएका थिए । उनकी बहिनी उटाको ओलिम्पिक कथा नाटकीय छ । उनले फाइनलमा फ्रान्सकी अमान्दिन बुचार्डलाई हराएकी थिइन् । विगत चार वर्षमा बुचार्डलाई हराउने उटा एक्ली खेलाडी हुन् ।
१३ वर्षीय किशोरीलाई स्वर्ण
ओलिम्पिक्समा स्वर्ण पदक, जुन उमेरमा जिते पनि त्यसले प्रभावित पार्छ । किशोरावस्थाको अन्त्यतिर जिते पनि त्यो गज्जब हो तर मात्रै तेह्र वर्षको उमेरमा ओलिम्पिक जित्नु लगभग अपत्यारिलो हो । तर सोमवार महिलातर्फको स्ट्रीट स्केटबोर्डिङ खेलमा मोमिजी निशियाले स्वर्ण पदक जितेर चकित पारिन् । रजत पदक जित्ने ब्राजिलकी रेयसा लिएल मोमिजीभन्दा १२७ दिन कान्छी छिन् । कास्य पदक जित्ने जापानकै फुना नाकायामा अलिकति बढी १६ वर्षकी छन् । औसतमा तीन जना विजेताको उमेर निकाल्दा १४ वर्ष १९१ दिन हुन्छ । १३ वर्षीया खेलाडी जसले टोक्योमा स्वर्ण पदक जितेर इतिहास रचिन् ।
गणितज्ञको विद्यावारिधि र स्वर्ण पदक
अस्ट्रियाकी आना किजनहोफले महिला साइक्लिङ रोड रेसतर्फ स्वर्ण जित्दा उनका प्रतिस्पर्धीले उनलाई बधाई दिएनन् । त्यसमा व्यक्तिगत कारण केही थिएन । मात्रै के हो भने उनी अरूभन्दा यति धेरै अगाडि थिइन् कि उनले जितेकी हुन् भनेर पत्याउनै सकेनन् । उनी खेलको सुरुमै अरूभन्दा अगाडि थिइन् तर उनका धेरैजसो प्रतिस्पर्धीले उनलाई समूहमा पछाडि परेको ठानेका थिए । किजनहोफ भने अगाडि नै रहिन् । उनका प्रतिस्पर्धीहरूले उनी कहाँ पुगिन् भन्ने मेसो पाएनन् । समय, संख्या र ठाउँबारे उनलाई कुनै समस्या छैन । उनले युकेको युनिभर्सिटी अफ केम्ब्रिजबाट गणितमा स्नातकोत्तर डिग्री गरेकी छन् । बार्सिलोनाको पोलिटेक्निक युनिभर्सिटी अफ क्याटलोनियाबाट विद्यावारिधि गरेकी छन् । सन् २०१७ यता साइक्लिङ टोलीसँग अभ्यास नगरेकी उनी जितको जस ओलिम्पिक अगाडिको आफ्नै तालिकालाई दिन्छिन् ।
ओलम्पिकमा नियम ५० हटाउन दवाव
धेरै खेलाडीहरूको आफ्नो तालिम दिने, पोषण मिलाइदिने र अभ्यासको योजना गरिदिने छुट्टै मानिस हुन्छन् । यी सबैको व्यवस्था म आफैँ गर्छु । टोक्यो गेम्स सुरु हुने अन्तिम निर्णयमा पुग्दा ओलिम्पिक अधिकारीहरू विवादास्पद ’नियम ५०’ हटाउन दबावमा परेका थिए । उक्त नियम अनुसार खेलाडीले खेलका बेला कुनै किसिमको राजनीति अभिप्रेरित विरोध गर्न पाउँदैन । अधिकारीहरूले प्रतिबन्धहरूलाई खुकुलो पार्ने निर्णय त गरे तर पनि थुप्रै प्रतिस्पर्धीहरू बेखुसी नै रहेका थिए । एक खेलाडीले भने एउटा जुक्ति पत्ता लगाइन् । महिला जिम्न्यास्टिक छनोटतर्फ गत आइतवार कोष्टारिकाकी लुसियाना अल्भाराडो एउटा घुँडा जमिनमा टेकेर र एउटा मुठ्ठी आकाशतिर देखाएर ’ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनलाई समर्थन जनाइन् ।
उक्त आन्दोलन सम्झना गर्दाको यसखालको तस्बिरलाई कोष्टारिकाका जिम्न्यास्टिक महासङ्घले प्रेषित गरेको थियो । अल्भाराडोले एउटा विश्वव्यापी मञ्चमा त्यसो गर्दा समान अधिकारको महत्वलाई त्यसले प्रकाश पार्ने र जित्ने सबैलाई सम्मान र गौरवसाथ व्यवहार गरिने आशा राखेको बताइन् । किनभने हामी सबै उस्तै हौँ– उनले भनिन् । र, हामी सबै सुन्दर र अद्भुत छौँ ।


