माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त

माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त तरुण खबर १० फाल्गुन २०८२, आईतवार ११:४५
माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त

काठमाडौँ । Machhapuchhre Bank Limitedको स्वतन्त्र सञ्चालक पदमा अर्जुन कुमार गौतम नियुक्त भएका छन्। बैंकको २०८२ फागुन ८ गते बसेको ५४८औँ सञ्चालक समितिको बैठकले रिक्त स्वतन्त्र सञ्चालक पदमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त सञ्चालक गौतम पेशाले लेखा व्यवसायी हुन् र वित्तीय क्षेत्रमा लामो अनुभव राख्छन्। कर्मचारी सञ्चय कोषबाट अवकाश पाएपछि उनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि बनेका थिए। उक्त कम्पनीमा उनको चार वर्षे कार्यकाल गत वैशाखमा समाप्त भएको थियो।

गौतम संखुवासभाको चैनपुर–६ स्थायी ठेगाना भएका हुन् र हाल भक्तपुरको मध्यपुर थिमी–१ मा बसोबास गर्छन्।

यसैबीच, बैंकको सञ्चालक समितिले संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने अनिष साहको राजीनामा स्वीकृत गरेको छ। साहले सञ्चालक पदबाट दिएको राजीनामा फागुन ८ गतेकै बैठकले स्वीकृत गरिएको बैंकले जनाएको छ।