भारतमा कोरोना भाइरसको तेस्रो लहरको संकेत

भारतमा कोरोना भाइरसको तेस्रो लहरको संकेत तरुण खबर १९ श्रावण २०७८, मंगलवार ०९:२९
भारतमा कोरोना भाइरसको तेस्रो लहरको संकेत

२, अगष्टमा भारतमा १४ लाख २८ हजार बढीको परीक्षण, ३० हजार ३१ संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरसको दोस्रो लहर नसकिदै कोरोना भाइरसको तेस्रो लहर आउँने संकेत देखिएको विज्ञहरुले बताएका छन् । कोरोना भाइरसका अनुसन्धान दाताहरुका अनुसार चेन्नई इन्ष्टिच्यूट अफ मैथमेटिकल साइन्सले गरेको अध्यायनमा कोरोना भाइरसको संक्रमण तिब्र फैलिन सक्ने सम्भावन बताएका छन् । इण्डिया टुडेका रिपोर्टका अनुसार इन्स्टिच््यूट अफ मैथमेटिकल साइन्स कम्प्यूटेशनल जीव विज्ञान र थियोरेटिकल फिजिक्सका प्रोफेसर सीताभरा सिन्हाले भनेका छन्– भाइरसको आर वैल्यू भनेको संक्रामक क्षमता हो । साधारण भाषामा कोरोना भाइरसको प्रजनन दरलाई आर वैल्यू भन्ने गरिन्छ । जसको अर्थ कोरोना भाइरस संक्रमित व्यक्तिको जति व्यक्तिलाई भाइरस सार्न सक्ने क्षमता राख्छ, उति नै कठिन हुने विहरुले बतएका छन् । प्रोफेसर सीताभरा सिन्हाले भनेका छन्– कोभिड–१९ को तेस्रो लहरले जनजनलाई चिन्तित बनाएको छ । खासगरी केरलाजस्ता राज्यहरुमा कोरोना भाइरसको संक्रमण बढी रहेको छ । जहाँ पछिल्लो एक सातामा १ लाख ४० हजार संक्रमित पुष्टि भएको थियो ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२, अगष्ट) मा १४ लाख २८ हजार ९८४ जनाको नमुना परीक्षण गर्दा ३० हजार ३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १, अगष्टमा १७ लाख ८९ हजार ४७२ जनाको नमुना परीक्षण गर्दा ४० हजार ७८४ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२, अगष्ट) मा कोरोना भाइरसको संक्रमणबाट ४२० जनाको निधन भएको छ । १, अगष्टमा ४२४ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार साउन १९ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १७ लाख २५ हजार ३९९ जना छन् । २०७८, साउन १९ गतेसम्ममा भारतले ४६ करोड ९६ लाख ४५ हजार ४९४ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, साउन १९ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ८ लाख ८८ हजार ७०२ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ११ हजार ४६९ जना छन् । पछिल्लो २४ घण्टा (सोमबार) मा ३९ हजार २१ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, साउन १९ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख २५ हजार २२८ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।