तरुण खबर
६ फाल्गुन २०७७, बिहीबार ११:३४
अनुसनधान नसकिदै डीआईजी सुवेदीलगायतलाई वडा अध्यक्षहरुद्वारा माला
काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई प्रहरीले हिजो बुधबार अदालतबाट पाँच दिनको म्याद थप गरेको छ । जिल्ला अदालत, बैतडीमा लगेर आरोपी १८ वर्षीय दिनेश भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद थप गरिएको हो । भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर सम्बन्धी मुद्दामा म्याद थप भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले भने आरोपी किशोरको साबिती र परिस्थितिजन्य प्रमाणलाई आधार बनाएर उनलाई पक्राउ गरी अदालतमा पेस गरेको हो । मुख्यतः आरोपीले साबिती बयान दिएका छन्, दोस्रो आरोपितको गतिविधि, देखिजान्ने साथीहरू र समय–सन्दर्भ सबै विश्लेषण गरेर उनी नै दोषी हुन् भन्ने प्रहरीले निष्कर्ष निकालेको छ ।
बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय, बैतडीले पत्रकार सम्मेलन गरी घटना बिवरण सार्वजनिक गरेको थियो । यसअघि २१ माघमा सनातन माविको कक्षा १२ मा अध्ययरत विद्यार्थी भागरथी भट्ट हराएकी थिइन् । खोजतलासका क्रममा भोलिपल्ट घर फर्किने बाटो छेउ (५० मिटरतल) जंगलमा उनको शव भेटिएको थियो । जिल्ला अस्पताल, बैतडीमा भएको पोष्टमार्टम परीक्षणले उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।
दुई साता लामो अनुसन्धानपछि प्रहरीले घटनामा कक्षा ११ मा पढ्ने छिमेकी दिनेश भट्टको संलग्नता पुष्टि गरेको थियो । उनले पारिवारिक प्रतिसोधका कारण भट्टको हत्या गरेको बयान दिएका छन् । उनी जन्मनुभन्दा १८ वर्ष पहिलेको घटनाको प्रतिशोध अहिले लिएको कुरामा पारिवारिक सदश्यहरु अझै विश्वस्त हुन सकेका छैनन् । आरोपी किशोरले हत्या गर्ने योजनाले बाटोबाट धकेलेर ३० मिटर तल खसालेको र घाइते अवस्थामा घाँटी अठ्याएर हत्या गरेको बयान दिएका छन् ।
तर यत्रो जघन्य अपराध १८ वर्ष पुग्दै गरेको किशोरले एक्लै ग¥यो कि अरुको पनि साथ सहयोग थियो अहिलेसम्म किशोरले खुलाएका छैनन् । प्रहरी अनुसन्धान त्यसतर्फ केन्द्रीत भएको छ । तर अनुसन्धनमा अफैं संलग्न सुदूरपश्चिमका डीआईजी उत्तम सुवेदीलगायत अनुसन्धानमा संलग्न अधिकृतहरुलाई वडा अध्यक्षहरुद्वयले सम्मान गरेका छन् । यसअघि बलात्कार र हत्य गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरी असफल भएकाले पनि सम्मान गर्न उनीहरु हतारिएका हुन् । तर डीआइजी सुवेदी अपराधी पत्ता लगाउन सफल अधिकृतमा पर्दै आएका छन् ।


