तरुण खबर
२६ श्रावण २०७८, मंगलवार ०८:२८
काठमाडौं । सरकारले गृह मन्त्रालय र रक्षा मन्त्रालयमा सचिव सरुवा गरेको छ । गृहमा महेश्वर न्यौपानेको ठाउँमा टेकनारायण पाण्डेलाई सरुवा गरिएको छ । गृह मन्त्रालयमा सरुवा गरिएका पाण्डे यसअघि सहसचिव हुँदा शिक्षा मन्त्रालय अन्तर्गत रहेको मा थिए । उनी सानोथिमी स्थित विभागमै अड्डा जमाएर बसेका थिए । भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रहेका उनलाई गृहमा लगिएको हो ।
गिरीबन्धु टी स्टेटको हदबन्धी बढी जग्गा विक्रिका लागि अनुमति दिएको केशमा ऐन नै संशोधन गरेर कम्पनी सार्ने नाममा जग्गा विक्रि गर्न दिने निर्णयमा तत्कालिन मन्त्री पद्यमा अर्यल, भ्ूमि व्यवस्था मन्त्रालयका सचिव टेकनारायण पाण्डे, भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेललगायतलाई अख्तिया दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धन गरिरहेको बुझिएको छ ।
आपू शिक्षा हुँदा श्रीमतीलाई सीटीभिटीमा जागिर लगाएका छन् । गिरीबन्धु टीस्टेटको जग्गा विक्रि गर्न दिने निर्णय असार २४ गते गरेको हो । कुनै समय काँग्रेस बनेका उनी माओवादी मन्त्री आएपछि माओवादी नै बनेर चाकडीमा पोख्त थिए । तर कुनै पार्टी सदस्यता लिएका भने छैनन् । सचिव यादव कोइरालाजस्तै गरी नेपाली काँग्रेसलाई गाली गर्ने, तथानाम भन्ने उनले गरेनन् ।
यस्तै, रक्षा सचिवको जिम्मेवारी बेगेन्द्रराज शर्मा पौडेललाई दिएइको छ । उनी यसअघि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा थिए । यसैगरी, प्रदेश १ को प्रमुख सचिव सुमनराज अर्यालको पनि सरुवा भएको छ । उनलाई महालेखा नियन्त्रकको कार्यालय सरुवा गरिएको हो । यस्तै, कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई सरुवा गरी भूमि व्यवस्था मन्त्रालयमा ल्याइएको छ ।


