तरुण खबर
६ फाल्गुन २०७७, बिहीबार ११:३९
एक लाख ३० हजार जनता उतार्ने तयारी
बागलुङ । नेकपा ओली समूहले फागुन १५ गते पोखरामा हुने जनसभाको तयारी भव्य बनाइएको छ । एक लाख ३० हजार मास पोखरा उतार्ने तयारी छ । बुधवार बागलुङमा आयोजित भेलामा नेकपा ओली समूहका नेता खगराज अधिकारीले प्रचण्ड र माधव नेपालको कपाली तमसुकका कारण पार्टी संकटमा परेको बताएका छन् । केपी ओलीलाई दुवै पदबाट बर्खास्त गरी एक जना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष बन्ने कपाली तमसुक गरेका कारण पार्टी यो संकटमा आएको हो उनले बताए ।
भेलामा बोल्दै ओली समुहका गण्डकी प्रदेश सहइन्चार्ज समेत रहेका अधिकारीले वेमौसममा पदका लागि मरिहत्ते गर्नेहरुको षडयन्त्र जानकारी गराएका थिए । प्रचण्डले केपी ओलीका विरुद्ध ल्याएको राजनीतिक प्रस्ताव नामको आरोपपत्र फिर्ता गरेर अगाडि बढ्न ओलीले राखेको प्रस्तावमा पुष्पकमल दाहाल प्रचण्ड सहमत भए पनि माधव नेपाल असहमत भएका कारण पार्टीमा समस्या आएको बताए । पार्टी विघटन भए पनि हुन्छ, पद चाहिन्छ भन्ने मानसिकता भएको देखियो उनले भने । फागुन १५ गते प्रदेश स्तरीय जनसभाको आयोजना गरिएको भन्दै उहाँले सभा सफल पार्न सबै नेता कार्यकर्ता सक्रिय भएर लाग्न निर्देशन दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुन लागेको जनसभामा १ लाख ३० हजार जनता पोखरामा उतार्ने गरी अभियान छ । गण्डकी प्रदेशका ११ जिल्लाबाट नेता कार्यकर्तालाई सहभागि गराउने उद्देश्यका साथ आयोजित जनसभाका लागि जिल्ला जिल्लामा संयोजन समिति गठन गरी प्रचार अभियान सञ्चालन गरिएको हो ।
जनसभा सम्पन्न गर्नका लागि बागलुङमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सइन्चार्ज मन कुमारी केसी जिसीको संयोजकत्वमा ६१ सदस्यीय मुल जनपरिचालन कमिटि गठन गरिएको छ । बागलुङबाट उक्त कार्यक्रममा ८ हजार जनालाई सहभागि गराउने गरी कार्ययोजना बनाइएको छ ।
पाँच वर्षमा महाधिवेसन गर्न नसकेपछि कांग्रेसले संविधानमा व्यवस्था भए अनुसार ६ महिना म्याद थप गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । बैठक बिहीबार दिउँसो तीन बजे पनि बस्ने छ ।


