सम्भावित कोभिड–१९ तेस्रो लहरप्रति सचेत रहन तरुण दल अध्यक्ष बस्नेतको आग्रह

सम्भावित कोभिड–१९ तेस्रो लहरप्रति सचेत रहन तरुण दल अध्यक्ष बस्नेतको आग्रह तरुण खबर २७ श्रावण २०७८, बुधबार ११:४०
सम्भावित कोभिड–१९ तेस्रो लहरप्रति सचेत रहन तरुण दल अध्यक्ष बस्नेतको आग्रह

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको संक्रमणका कारण विश्व समुदायले कठिन परिस्थितिको सामाना गरिराख्नु परेको छ जानकारी दिदै नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विभिन्न १० बुँदे सुझाव दिएका छन् । स्वास्थ्य विज्ञहरुको भनाई अनुसार कोभिड–१९ कोरोना भाइरस संक्रमणको तेस्रो लहरको सन्दर्भमा डेल्टा भेरियन्ट नेपालमा पुनः देखा पर्ने सम्भावना रहेको दलका अध्यक्ष बस्नेतले बताएका छन् ।

यस्तो अवस्थामा अधिल्ला भरियन्टमा जस्तो मानवीय लगायत अन्य क्षेत्रमा क्षति हुन नदिनको लागि पूर्व तयारी गर्नु अति आवश्यक छ । त्यसैले सम्भावित महामारीबाट बच्नको लागि स्थानीय प्रशासनसँग सहजीकरण गर्न÷गराउनको लािग जिल्ला अध्यक्षज्यूहरुलाई यो परिपत्र गरिन्छ तरुण दलको विज्ञप्तिमा छ ।

विज्ञप्तिमा कोभिड–१९ कोरोना भाईरसको विरुद्धमा देशभर ७७ वटै जिल्लामा मास्क प्रयोग अभियान चलाउने र कोरोना विरुद्धको खोप लगाउनको लागि सबैलाई प्रोत्साहन सहित जनचेतना फैलाउन अनुरोध गरिएको छ । दोस्रो बुँदामा. खोप केन्द्रसम्म पुग्न नसकेका लक्षित वर्गलाई खोप केन्द्रसम्म पुग्न सहयोग गर्ने र खोप केन्द्रलाई व्यवस्थित र सहज बनाउन सम्बन्धित निकायसँग सहजीकरण गर्ने जिल्ला तरुण दललाई अनुरोध पनि गरिएको छ ।

त्यस्तै, स्वास्थ्य उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनको लागि प्रोत्साहन स्वरुप थप सेवा सुविधा प्रबन्ध गर्नका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने, केही स्वास्थ्य संस्थामा लामो समय देखि तोकिएको जोखिम भत्ता स्वास्थ्यकर्मीहरुले नपाएको भन्ने सुन्नमा आएकोले त्यसका लागि सम्बन्धित निकायसँग पहल गर्न पनि बस्नेतले अनुरोध गरेका छन् ।

बाहिरी मुलुकबाट आएका व्यक्तिहरु क्वारेन्टाईनसम्म पुग्न नसकेका र नपुगेका भए प्रशासनसँग सहयोग लिई पुग्ने सक्ने वातावरणको सिर्जना गर्ने, खाद्यान्न, तरकारी, दुध, औषधी, पानी लगाएत दैनिक उपभोग्य सामानको खरिद गर्दा भिडभाड हुने भएकाले सजकता र एक अर्का बीच दुरी कायम गर्न सचेतना फैलाउने, अति आवश्यक कार्य बाहेक अन्य कार्यमा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयलाई सामाजिक दुरी कायम गरिदिनुहुन अनुरोध गर्ने, सामाजिक संजाल, अनलाइन समाचार लगायत अन्य समाचारका माध्यमबाट अपवाह फैलिने खालका समाचारभन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गरिदिनुहुन सम्पूर्ण सञ्चार माध्यमहरुसँग अनुरोध गर्ने, अपवाह फैलाइएको देखिए नियन्त्रण र कारवाहीको लागि प्रशासनलाई जानकारी गराउने, मास्क, औषधी, सेनिटाइजर, खाद्यान्न, ग्यासलगाएत अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव र कालोबजारी देखिन सक्ने हुनाले यसरी कृत्रिम अभाव र कालोबजारी हुन नदिनका लागि प्रशासनलाई नियमित अनुगमनका लागि आग्रह गर्ने र कालोबजारी भएको देखिएमा नियन्त्रण र कारवाहीको लागि प्रशासनलाई सहयोग गर्ने, सकेसम्म लामो दुरीका सवारी साधनलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि यातायात व्यवसायी र प्रशासनलाई सहयोग गर्ने र अन्त्यमा सम्पूर्ण निकायलाई आपूm र आफु वरिपरिको वातावरणको सरसफाइमा ध्यान दिनुका साथै आफु सचेत भई अरुलाई पनि सचेत गराउँदै त्रसित नभई सजग रहनका लागि नेपाल तरुण दल केन्द्रिय समितिले अनुरोध गरेको छ ।