अफगानी राष्ट्रपति भवन तालिवानको कब्जामा, अशरफ गनीले ताजिकिस्तानमा ?

अफगानी राष्ट्रपति भवन तालिवानको कब्जामा, अशरफ गनीले ताजिकिस्तानमा ? तरुण खबर ३२ श्रावण २०७८, सोमबार ०९:०२
अफगानी राष्ट्रपति भवन तालिवानको कब्जामा, अशरफ गनीले ताजिकिस्तानमा ?

काठमाडौं । अधिकांश भूभाग तालिवान लडाकुहरुले कब्जामा लिएपछि अफगान अधिकारीहरूलाई उद्धृत गर्दै अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छोडेको विवरणहरू सार्वजनिक भएका छन् । प्रमुख अफगान मीडियाका अनुसार राष्ट्रपति गनी ताजिकिस्तान गएको बताएका छन् । समाचार एजेन्सि एएफपीका अनुसार तीन वरिष्ठ तालिबानले भने प्रेसिडेन्सियल दरवार तालिवान लडाकुको कब्जमा गइसकेको छ । अफगानिस्तानको राजधानी काबुलको सुरक्षाका लागि बैठक बस्ने गरेको थियो । तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो । अफगान उपराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको छ । दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख शहरहरू तालिबान लडाकुहरूअघि झुकेको अवस्थामा राष्ट्रपति गनीले राजीनामा दिनुपर्ने दबावमा थिए ।

अफगानिस्तानको राष्ट्रपति भवन तालिबान लडाकुको कब्जामा गएको छ । अल–जजीरा न्यूज नेटवर्कमा प्रसारित भिडियो फुटेजका अनुसार तालिबान लडाकुको ठूलो समूह राजधानी काबुलस्थित राष्ट्रपति भवनभित्र प्रवेश गरिसकेका छन्– अफगानिस्ता आप्mनो कब्जामा आएको घोषण गर्ने तयारीमा छन्, अब फेरी इस्लामिक कानून अनुसार देश चल्ने घोषणा हुनेछ । २० वर्षपछि अफगानिस्ता सत्ता तालिवान लडाकुको हातमै आएको छ । अमेरिकी सेनाले अफगानिस्ता छोडेको केही दिनमै तालिवान लडाकुले देश कब्जामा लिएका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद (यूएनएससी) एस्टोनिया र नर्वेको अनुरोधमा अफगानिस्तानको स्थितिको समिक्षा गर्न आज सोमवार आपातकालिन बैठक बोलाएको छ । अफगानिस्तानको काबुलले हवाई उडान बन्द गरेको छ ।

यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो । केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइराखेका छन् । तालिबान काबुल आइपुगेपछि आइतवार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेको देखिएको थियो ।