तरुण खबर
१ भाद्र २०७८, मंगलवार ०९:४१
काठमाडौं । अमेरिकी सेना संरक्षण प्राप्त अफगानिस्तानप्रति संसारभरिको ध्यान केन्द्रीत भएको छ । दक्षिण र मध्य एसिया जोड्ने भूपरिवेष्ठित मुलुक अफगानिस्तानमा मुस्लिम अतिवादी समूह तालिबानले २०७८, साउन ३२ गते नै सत्ता कब्जा गरेका छन् । २० वर्षअघि अमेरिकाले काबुलबाट धपाएका तालिबानहरू अमेरिकी र नाटो सैनिकले अफगानिस्तान छोडेपछि फेरि काबुल फर्किन्छन् भन्नेमा कसैलाई द्वुविधा थिएन । अमेरिकी सेना फर्किएको ६ महिनाभित्र राष्ट्रपति अशरफ गनीको सरकार ढल्ने धेरै विश्लेषकले बताएका थिए । हुन पनि त्यस्तै भयो । बीस वर्षसम्म अमेरिकी सैनिकसँग हुर्किएका अफगान सुरक्षाकर्मी तालिबानसामू कसरी यति धेरै निरीह भए त ? द न्युयोर्क टाइम्स समाचार पत्रका अनुसार सन् २००१ यता अमेरिकाले अफगान सुरक्षाकर्मीको तालिम, हतियार र अन्य सामग्रीमा ८३ अर्ब डलर खर्चेको थियो ।
अमेरिकीहरूलाई सधैँ अफगानिस्तानमा लड्न सकिन्न बरू यहाँकै सुरक्षाकर्मीलाई बलियो बनाए काबुलमा प्रजातान्त्रिक सरकार बनिरहन्छ भन्ने लागेको थियो । राष्ट्रपति बाराक ओबामा प्रशासनको मुख्य रणनीति नै अफगान सुरक्षाकर्मीलाई बलियो बनाएर जतिसक्दो चाँडो आफूहरू फर्किने भन्ने थियो । तर अमेरिकाको यो ‘वान बेल्ट वान रोड’ बाट चीनलाई असफल बनाउने रणनीति रहेको बताइन्छ । अमेरिकाजस्तो शक्तिशाली राष्ट्रले तालिवान लडाकुहरुलाई सत्ता सुम्पेर लुरुक्क आप्mनै देश अमेरिका फर्कने कल्पना पनि गर्न सकिदैन नाम उल्लेख नगर्ने शर्तमा एक विश्लेषकले भने । उनले अगाडी भने– इराक, जापान, दक्षिण कोरियालगायतका मुलुकमा सैनिक क्याम्प बनाएको धेरै वर्ष भयो ।
अमेरिकाको यो ‘वान बेल्ट वान रोड’ बाट चीनलाई असफल बनाउने रणनीति रहेको बताइन्छ । अमेरिकाजस्तो शक्तिशाली राष्ट्रले तालिवान लडाकुहरुलाई सत्ता सुम्पेर लुरुक्क आप्नै देश अमेरिका फर्कने कल्पना पनि गर्न सकिदैन नाम उल्लेख नगर्ने शर्तमा एक विश्लेषकले भने ।
अन्तर्राष्ट्रिय राजनीतिमा चासो राख्ने विश्लेषहरुले तालिवानलाई हुर्काएकै अमेरिकाले हो । अहिले तालिवानलाई सत्ता बुझाएर अमेरिकी सेना फर्किएको छ । उनका अनुसार चीन निकट पुगेको पाकिस्तानको ‘वान बेल्ट वान रोड’बाट चीनलाई भगाउँनु रहेको अमेरिकी रणनीति हो । चीन सरकारले अघि सारेको २१औँ शताब्दिको संसार कै सबैभन्दा महत्वाकांक्षी र ठूलो आयोजना ‘वान बेल्ट वान रोड’ (ओबिओआर) को समझदारी पत्रमा धेरै देशहरुले रोड बनाउँने सम्झौता गरिसकेका छन् । ओबिओआर प्राचीन चीनको रेशममार्ग (सिल्क रोड)को नयाँ रुप हो भन्दा पनि हुन्छ, उक्त आयोजनाले प्रत्यक्ष रुपमा एसिया र युरोपका कम्तीमा ६४ देशलाई जोड्छ । तीमध्ये अधिकांश देश विकासशील छन् । यस मार्गले छुन् वा प्रत्यक्ष जोड्ने देशका नागरिकको हिसाब गर्दा विश्वको ६४ प्रतिशत जनसङ्ख्या यसले ओगट्छ । त्यसैले पाकिस्तानलाई चीनबाट जोगाउँन अमेरिकाको रणनीति नै हो विश्लेषकहरुको भनाई छ ।
इस्लामिक कानून बनाउँने र लागु गर्ने तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि देश छाड्न खोजिरहेका सयौँ मानिसहरूबीच काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अनियन्त्रित अवस्था सिर्जना हुँदा केही मानिसहरू भीडबाटै मारिएका छन् । त्यहाँ कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । अफगानहरू विमानमा टाँसिएका र त्यो धावनमार्गबाट उडेपछि खसेको देखिएको छ । सोमवार दिल्ली आइपुगेकी एक महिलाले विश्वले अफगानिस्तानलाई यसरी अलपत्र छाडेकोमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिइन् बीबीसीले उनलाई उदृत गर्दै समाचार बनाएको छ ।
उनले भनेकी छन्– हाम्रा साथीहरू मारिनेछन्, उनीहरूले मार्नेछन् । हाम्रा महिलाहरूले अब अधिकार पाउनेछैनन, काबुलबाट आइपुगेकी उनले रुँदै भनिन् बीबीसीको समाचारमा उल्लेख छ ।
यता, तालिबानलाई काबुलको राष्ट्रपति कार्यालय छिर्न ६ महिना लागेन न त सबै अमेरिकी सैनिक नै फिर्ता हुनु प-यो । हजारौं अमेरिकी सैनिक काबुलमा तैनाथ हुँदाहुँदै तालिबान लडाकु र कमाण्डर आइतबार साँझ राष्ट्रपति कार्यालयमा छिरेका थिए । तालिवानी नेताहरुले फोटो खिचे र राष्ट्रपतिको कुर्सीमा बसेर कुरान पढेका थिए । तालिबानहरूले राष्ट्रपति कार्यालयमा डेरा जमाउनुअघि नै राष्ट्रपति घानी देश छोडेर भागी सकेका थिए । तालिबानहरूले काबुल कब्जा गर्दा कसैले प्रतिरोध गरेनन् ।


