तरुण खबर
७ भाद्र २०७८, सोमबार ०९:३०
काठमाडौं । नेपालबाहिर छरिएर रहेका नपाली कराँतेका खेलाडीहरूको पुनर्मिलन गराउने उदेस्यले अमेरिकामा कराँते एशोसिएसन गठन गरिएको छ । विभिन्न ‘क्लोज क्याम्प’ मार्फत खेलाडीहरूको कला र कौशल विकास गराउने उद्देश्यले अमेरिकामा यूएस नेपाल कराँते एसोसिएसन अफ अमेरिका नामक संस्था दर्ता गएिको हो ।
अमेरिकामा अवकाशप्राप्त जीवन बिताइरहनुभएका नेपालमा कराँते खेलका संस्थापक प्रमुख थानेश्वर राई (टीएस) को नेतृत्वमा उक्त संस्था दर्ता भएको हो । अमेरिकास्थित भरमन्ट राज्यमा मुख्यालय रहने गरी दर्ता भएको एसोसिएसनको सचिवमा डीबी राउत रहेका छन् । ३ भदौ २०७८ अर्थात् १९ अगस्ट २०२१ का दिन भरमन्ट राज्यको सचिवालयमा गैरनाफामूलक निगमका रूपमा सस्था दर्ता भएको हो । निर्दलीय पञ्चायती व्यवस्थामा समेत भूमिगत रूपमा कराँते खेललाई प्रवेश गराई राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नेदेखि नेपालमा कराँते महासंघ गठन गरी त्यसको अगुवाइ गर्ने कामसमेत स्थानेश्वर राईले गरेका थिए ।
नेपालमा लामो समयसम्म कराँतेको प्रमुख हुँदै प्रमुख प्रशिक्षकबाट अवकाश भएपछि अमेरिकामा रहेका राईले बाँकी जीवन विश्वभर छरिएर रहेका कराँतेका खेलाडीहरू एउटै छातामुनि समेट्ने, उनीहरूलाई संगठित गरी तालिमहरूका लागि ’क्लोज क्यम्प’ संचालन गर्नेदेखि प्रतियोगिताहरूको समेत आयोजना गरिने लक्ष्य राखिएको जानकारी दिएका थिए । अध्यक्ष राईले दिएको जानकारीअनुसार क्यानडा, अमेरिका, जापान, युरोप र नेपालमा रहेका कराँतेका खेलाडीका लागि प्रशिक्षणको आयोजना गरिनेछ । त्यसमा विश्व कराँते महासंघ र जापान कराँते महासंघका प्रशिक्षकद्वारा प्रशिक्षण दिलाउने कार्यक्रम राखिएको छ ।
एसोसिएसन नेपालबाहिर छरिएर रहेका कराँतेका खेलाडीहरूको पुनर्मिलन गराउने र विभिन्न ‘क्लोज क्याम्प’मार्फत खेलाडीहरूको पुनर्मिलन, कला र कौशल विकासमा बाँकी जीवन बिताउने प्रतिबद्धतासमेत जाहेर गरेका थिए । नेपाल कराँते महासंघको आँकडाअनुसार करिब ७ लाख खेलाडी आवद्ध रहेका छन् ।


