भुलिदेऊको साथमा आए पूर्ण र लक्ष्मी म्यूजिक भिडियोमा

भुलिदेऊको साथमा आए पूर्ण र लक्ष्मी म्यूजिक भिडियोमा तरुण खबर ११ भाद्र २०७८, शुक्रबार ०९:१७
भुलिदेऊको साथमा आए पूर्ण र लक्ष्मी म्यूजिक भिडियोमा

काठमाडौँ । हाल अमेरिकामा रहेका गायक हिमाल सागरले आफ्नो नयाँ म्यूजिक भिडियो भुलिदेऊ सार्वजनिक गरेका छन् । गीतमा संगीत स्वयम् गायक हिमाल सागरको नै रहेको छ भने सेण्टिमेण्टल भर्सनको यस गीतलाई रोहन पौडेल जनकले लेखेका हुन् । गीतमा महेश्वरमान राजभण्डारीको संगीत संयोजन रहेको छ ।

अमेरिकामा नै छायांकन भएको म्युजिक भिडियोमा पूर्ण लम्साल, गायक हिमाल सागर र लक्ष्मी ओली फिचर्ड छन् । लक्ष्मीले यसै भिडियो मार्फत अभिनयमा डेब्यु गरेकी छन् । शैलेश घलेले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । १ महिना अघि ’तिमी छौ र’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका पूर्ण र हिमाल सागरको संयुक्त च्यानल ’पी एण्ड एच प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।