काँग्रेसले वडा अधिवेशनका लागि खटायो प्रतिनिधि

काँग्रेसले वडा अधिवेशनका लागि खटायो प्रतिनिधि तरुण खबर १२ भाद्र २०७८, शनिबार १०:३४
काँग्रेसले वडा अधिवेशनका लागि खटायो प्रतिनिधि

काठमाडौँ । नेपाली काँग्रेसले ४८ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ । १४औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्य सम्पन्न भएका विवरण वेबसाइटमार्फत सार्वजनिक गरेको छ । नेपाली काँग्रेसका उपसभापतिका विमलेन्द्र निधिले औपचारिक रुपमै आपूले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । हिजो शुक्रबार विभिन्न मठ–मन्दिरका पुजारीहरुलाई ल्याएर विधिपूर्वक पुजा–आजा गराइएको थियो । काँग्रेसको राजनीतिमा त्यस घटनाले तरङ्ग ल्याएको छ ।

यता, नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमा विवरण सार्वजनिक गरेको हो । संयोजक महादेवप्रसाद यादवले जिल्लाहरूका क्रियाशील सदस्यको नामावली नेपाली कांग्रेस निर्वाचन निर्देशिका अनुसार विवरण सार्वजनिक गरिएको जानकारी दिएका छन् । साथै समितिले सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतहरूलाई समेत खटाइसकिएको उनले जानकारी दिए । नेपाली काँग्रेसले बिहीबार र शुक्रबार गरेर विवरण सार्वजनिक गरेको जनाएको छ । तर, क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्न माग गर्दै रिले अनशनमा बसेका रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरूले भने सबै विवरण सार्वजनिक नभएकाले अनशन निरन्तर जारी रहने बताएका छन् ।

त्यस्तै, १४औं महाधिवेशनको संघारमा रहेको काँग्रेसका नेताहरु छलफलमा जुटेका छन् । जिल्ला सभापतिहरुको अनसन र धर्ना तथा ६ दिनपछिको वडा अधिवेशनको सन्दर्भमा नेताहरुबीच छलफल भइरहेको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको समय अनुकुल हुने गरी वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरु साँझको समय लिएर बालुवाटार पुगेका थिए । छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वसहमहामन्त्री रामशरण महत, केन्द्रीय सदस्यहरु मिनेन्द्र रिजाल र रमेश लेखक लगायत सहभागी रहेका थिए ।

शुक्रबार बिहान बसेको पौडेल समूहले बैठकले सतहमा देखिएका समस्याहरुको समाधान गरेर मात्रै वडा अधिवेशन गर्ने वातावरण बनाउन माग गर्ने निर्णय गरेको थियो । त्यही माग लिएर पौडेलसहितका नेताहरु बालुवाटार पुगेका हुन् ।