परशु घिमिरे
१९ भाद्र २०७८, शनिबार ०९:१८
३३ करोड १४ लाख ४९ हजार २८१ जनसंख्या भएको अमेरिका र ६ करोड ३ लाख ५७ हजार ७२२ जनसंख्या भएको इटालीमा कोरोना संक्रमितबाट मर्नेहरूको पछिल्ला दुई दिनको संख्यालाई मात्र विश्लेषण गर्ने हो भने अब संसारले शून्यबाट गतिविधि सुरु गर्नुपर्ने हो कि भन्ने डरलाग्दो अवस्था देखिएको थियो । अमेरिकामा ३, सेप्टेम्बरमा एक हजार ५१२ जना र २, सेप्टेम्बरमा एक हजार ७१३ कोरोना भाइरसको संक्रकणबाट मृत्यु भएको छ भने इटालीमा ३, सेप्टेम्बरमा ५८ जना र २, सेप्टेम्बरमा ३४ जनाको मृत्यु कारण बनेको छ कोरोना भाइरसको संक्रमण । कुनै समय संक्रमणबाट ३ हजारसम्म इटालीका नगरिकले ज्यान गुमाउँनु परेको थियो ।
करिब दुई वर्षअघि चीनको वुहानबाट सुरु भएको संक्रमण अहिले संसारभर फैलिसकेको छ । अमेरिका, इटाली, फ्रान्स, स्पेन, बेलायत, जर्मनी, इरानलगायत भाइरसले चीनलाई भने शक्तिशाली देशका रुपमा प्रमाणित सावित गराएको छ । १ अर्ब ४३ करोड ९३ लाख २३ हजार ७७६ जनसंख्या भएको चीनमा गत हिजो २०७८, भदौ १८ गते शुक्रबार २८ जना मात्र नयाँ संक्रमित फेला परेको बताइएको छ । मर्नेहरूको संख्या पनि इटाली र अमेरिकाको तुलनामा नगन्य नै भन्नुपर्छ अर्थात कुल संक्रमित ९४ हजार ४१७ जना मात्र छन् भने कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४ हजार ६३६ जना छन् । इटालीको जनसंख्याको झन्डै तेब्बर जनसंख्या अर्थात् १५ करोड चिनियाँहरू वर्षेनी संसारभर घुम्न मात्र जान्छन् । अमेरिकाको जनसंख्याको आधा चिनियाँहरू घुमेरै समय बिताउँछन् ।
करिब दुई वर्षअघि अमेरिकाले कोरोना भाइरसको महामारीले एक लाखदेखि दुई लाख ४० हजारसम्म अमेरिकीहरू मर्न सक्ने डरलाग्दो चेतावनी ह्वाइट हाउसबाटै बाहिरिएपछि संसार अचम्मित भएको थियो । तर २०७८, भदौ १९ गते विहान ६ बजेसम्ममा कोरोना भाइरसको संक्रमणबाट ६ लाख ६३ हजार ९७१ भन्दा बढी नागरिको ज्यान गैसकेको छ । करिब दुई वर्षअघि अमेरिकामा रहेका पत्रकार किशोर सापकोटाले सामाजिक सञ्जालमा लेखेका थिए– आगामी दुई साता अमेरिकाका लागि सबैभन्दा पीडादायी र गाह्रो हुने छ । आगामी दुई हप्ता हाम्रा लागि पीडादायी र कठिन हुनेछन्, तत्कालिन राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा कोरोना भाइरस टास्क फोर्सद्वारा आयोजित पत्रकार सम्मेलनमा भनेको भनी सापकोटाले उनको फेसबुक स्टाटसमा उल्लेख गरेका थिए ।
अमेरिकामा त अहिले पनि केही राज्यबाहेक अधिकांश राज्यले लकडाउनलाई उपेक्षा गरिरहेका छन् । त्यसको मार न्युयोर्कले झेलिरहेको छ । त्यसबेलाका ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका वरिष्ठ विज्ञ डा. डेवोरा ब्रिक्स र एन्थोनी फौसीले अनुमान गरेअनुरूप सबै सुरक्षाका उपाय अपनाउँदा–अपनाउँदै पनि एक लाखदेखि दुई लाख ४० हजार मानिस मर्नुपर्ने अवस्था आउँदा अमेरिकी मनोविज्ञान कस्तो होला ? यो अहं प्रश्न बनेको थियो । तर अहिले त त्यसको तीन गुना नागरिकको कोरोना भाइरसको संक्रमणबाट ज्यान गेसकेको छ, ज्यान जाने क्रम अहिले पनि जारी छ ।
अर्थात अमेरिकामा अहिले पनि दैनिक १२ सयदेखि १५ सय मान्छेले कोरोना भाइरसका कारण ज्यान गुमाउँनु परिरहेको छ । अमेरिकामा ४ करोड ३ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका छन् भने कोरोना भाइरसबाट मर्नेको संख्या ६ लाख ६३ हजार भन्दा बढीको मृत्यु भएको छ । १ करोड ९४ लाख ५३ हजार ५६१ जनसंख्या रहेको न्युयोर्कमा मात्र कोरोना भाइरसको संक्रमणबाट ५४ हजार ९ सय १७ जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने ८८ लाख ८२ हजार १९० जनसंख्या भएको न्यूजर्सीले २६ हजार ९२९ जनाले यही भाइरसका कारण ज्यान गुमाएका छन् । चीनले संसारका अधिकांश मुलुकलाई स्वास्थ्य उपकरणको व्यापार र सहयोग गरिरहेको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक लाख मान्छे मर्नुलाई सामान्य रूपमा लिनुपर्ने बताएका थिए भने इटालीले मर्नेहरूको संख्या अनुमान पनि गर्नसकेको छैन । इटालीका अस्पतालहरूमा मान्छे राख्ने ठाउँ थिएन, कुनै समय खुलाचौर र सडकमै मान्छेहरूको उपचार भइरहेको थियो ।
चीनको वुहान र इटालीको सिधा हवाई सम्बन्ध भएको धेरै भएको थिएन, चीन इटालीको प्रमुख सहयोगी बनेको केही वर्ष मात्र भएको थियो । बीआरआईमार्फत चीनले इटालीमा ठूलै आर्थिक लगानी गर्ने अभियान सुरु मात्र गरेको थियो । गत वर्ष मात्र चीनबाट इटालीका प्रमुख शहर घुम्न जानेको संख्या ४० हजार नाघेको थियो । युरोपको शक्तिशाली देशमै पर्ने इटालीमा करिब दुई वर्षअघि जब दुईजना स्थानीयमा कोरोना भाइरस देखियो, तब उनीहरू झस्किन थाले । त्यतिबेला कोरोना भाइरसको संक्रमणबाट मर्नेहरूको संख्या इटालीमा करिब १४ हजार नाघिसकेको थियो भने चार हजारभन्दा बढी मृत्युसँग जुधिरहेका थिए । एक लाख १५ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित थिए । उनीहरूले तत्कालै (२०१९, ३१ जनवरीपछि) चीनको वुहानसँगको हवाई सम्बन्ध स्थगित गर्ने निर्णय लिए । त्यसपछि चीन इटालीको यो निर्णयबाट बेखुस मात्र भएन, स्पष्टीकरण सोध्ने हदसम्म पुग्यो ।
इटालीका राष्ट्रपति सर्जेवो मर्टेला चीनसँगको हाम्रो सम्बन्धमा हवाई सेवा बन्दले कुनै प्रभाव नराख्ने स्पष्टीकरण दिन बाध्य भए । चीन र इटालीका युवाहरूले मिलेर संयुक्त प्रचारात्मक अभियान नै चलाए । म चाइनिज हुँ, म कोरोना भाइरसमुक्त छु भन्ने एक चिनियाँ युवाको बीच सडकमा आँखामा पट्टी बाँधेर खिचिएको भिडियोलाई संसारभर भाइरल बनाइयो ।
१७ नोभेम्बरमा २९ वर्षका चिनियाँ नागरिक डा.ली वान, जसले कोरोना भाइरसले महामारीको रूप लिने घोषणा गरेका थिए । उनको मृत्युबाट कोरोना भाइरसको संक्रमणबाटै भएको थियो । उनले भनेका थिए– कोभिड–१९ भयानक घतक रोग हो । अहिले त कोरोना भाइरसको संक्रमण घातक रोग हो भन्ने कुरा संसारभर थाहा लाग्यो । कोरोना भाइरसको विरुद्ध खोप (भ्याक्सिनहरु) विकास र उत्पादन भैरहेका छन् । र, पनि युरोपका अधिकांश देशले कोरोना भाइरसलाई सामान्य रूपमा लिए, दूरीलाई आधार बनाएर युरोपसम्म चिनियाँ भाइरस आउँदैन भन्ने मानसिकता बनाए । जबकि हवाई यातायातले संसारलाई हत्केलामा ल्याइसकेको थियो र छ । अमेरिकामा त अहिले पनि केही राज्यबाहेक अधिकांश राज्यले लकडाउनलाई उपेक्षा गरिरहेका छन् । त्यसको मार कोरोना संक्रमण र अहिले समुन्द्री आँधीले पारेको प्रभावबारे न्युयोर्कले झेलिरहेको छ ।
युरोपियन मुलुकहरूले देखाएको लापरबाही र अमेरिकाको इन्स्युरेन्स कम्पनी, सरकारी अधिकारीहरूको कसले अस्पतालहरूमा लाग्ने खर्च व्यहोर्ने भन्ने गलफत्तीले निम्त्याएको संकटबाट नेपालले समयमै सचेतना अपनाउन जरुरी देखिन्छ । द्रव्यमोहमा रमाइरहेका हार्डकोर कार्यकर्ताबाट घेरिएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अनेकौं अर्ती–उपदेश दिदा कोरोना भाइरसको संक्रमणले भयावह रुप लिएको हो । अब ठोस रणनीतिसहित पहल नगर्ने हो भने नेपालले पनि इटालीकै नियति बेहोर्न पर्ने अबस्था आउँन सक्छ । कोरोना भाइरसको तेस्रो लहर निकट आई सकेको विज्ञहरुले बताएका छन् ।


