ठाकुर पक्षका सबै जननिर्वाचित प्रतिनिधिलाई राजिनामा दिन लगाइने

ठाकुर पक्षका सबै जननिर्वाचित प्रतिनिधिलाई राजिनामा दिन लगाइने तरुण खबर २३ भाद्र २०७८, बुधबार १०:०२
ठाकुर पक्षका सबै जननिर्वाचित प्रतिनिधिलाई राजिनामा दिन लगाइने

जनकपुर । निर्वाचन आयोगबाट जनता समाज पार्टीको आधिकारिकता गुमाएपछि आपूm पक्षले निर्वाचन जितेका सबै पदबाट राजिनामा दिने महन्थ ठाकुर समूहले तयारी गरेको छ । वडादेखि गाउँपालिका र सांसदबाट राजिनामा दिने तयारी गर्दै आन्दोलन आँधीबेरी सिर्जना गर्ने हो महन्थ ठाकुर निकट एक केन्द्रीय सदस्यले तरुणलाई जानकरी दिए । यसक्रममा जनमत जुटाउन तराईका पाँच जिल्लामा हिजो शुक्रबार भेला गरेको थियो । प्रदेश २ को बारा, महोत्तरी, सिराहा, सप्तरी र पश्चिमको दाङ जिल्लामा भेला आयोजना गरिएको थियो । बाराको कलैयामा आयोजित भेलामा महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनललगायत ठाकुर पक्षीय नेता, कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

नेता जितेन्द्र सोनलकाअनुसार सम्पूर्ण लोकतन्त्रवादी, पहिचानवादी, मधेसवादी शक्तिहरुलाई संगठित गरेर चुनावमा सहभागी हुने रणनीतिका साथ अघि बढ्न अगुवा भेलाको अभियान सुरु गरिएको छ । हाम्रो आधिकारिताबारे सर्वोच्चमा मुद्दा जारी छ, फैसला नभएसम्म हामी पनि जसपा नै हौं– सोनलले बाराको कलैयामा भएको भेलामा भने– सांगठनिक, संघर्ष र चुनावी मोर्चा गरेर अगाडि बढ्दै छौं । देशमा चुनावी माहौल बन्दै गएकोले हामी मोर्चाबन्दी गर्न खोजिरहेको उनले बताएका थिए । भेलामा लक्ष्मणलाल कर्णले जसपा आधिकारिताका लागि हाम्रो कानुनी लडाइँ जारी रहेकोले कार्यकर्तालाई विचलित नहुन आग्रह गरेका थिए ।