उपत्यकामा एमालेका ७ सय ५५ जनप्रतिनिधिमध्ये समाजवादीमा ९० मात्र

उपत्यकामा एमालेका ७ सय ५५ जनप्रतिनिधिमध्ये समाजवादीमा ९० मात्र तरुण खबर २३ भाद्र २०७८, बुधबार १२:०४
उपत्यकामा एमालेका ७ सय ५५ जनप्रतिनिधिमध्ये समाजवादीमा ९० मात्र

काठमाडौं । नेकपा (एमाले) विभाजन भएर माधवकुमार नेपाल नेतृत्वको अध्यक्षतामा गठन भएको नेकपा एकीकृत समाजवादी पार्टी उपत्यकामा निकै कमजोर देखिएको छ । निर्वाचन आयोगले देशभरका जनप्रतिनिधिलाई दल रोज्न दिएको अन्तिम दिन २२ भदौसम्मको समय सकिएको छ ।

यस अवधिमा काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाबाट ९० जना स्थानीय जनप्रतिनिधीले मात्र माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टीलाई साथ दिएका छन् । राजधानीका तीन जिल्लाका स्थानीय तहमा एमालेको तर्फबाट ७ सय ५५ स्थानीय जनप्रतिनिधी निर्वाचित थिए । भक्तपुरका स्थानीय तहमा एमालेको ७९ जना जनप्रतिनिधी थिए ।

त्यसमध्ये ७ जना जनप्रतिनिधीले मात्रै नेकपा एकीकृत समाजवादी रोजेका छन् । बाँकी ६८ जना जनप्रतिनिधी मूल घर एमालेमै बसेका छन् । यस्तै, ललितपुरको स्थानीय तहअन्तरगत एमालेले अध्यक्षदेखि सदस्यसम्म गरी १ सय ९२ पदमा निर्वाचन जितेको थियो । जसमध्ये २८ जना जनप्रतिनिधीले मात्र नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । बाँकी १ सय ६४ जना एमालेमै रहने भएका छन् ।