अमेरिकामा संक्रमितमध्ये १ करोड ८७ लाख ६५ हजारभन्दा बढीलाई निको

अमेरिकामा संक्रमितमध्ये १ करोड ८७ लाख ६५ हजारभन्दा बढीलाई निको तरुण खबर १० फाल्गुन २०७७, सोमबार १२:१०
अमेरिकामा संक्रमितमध्ये १ करोड ८७ लाख ६५ हजारभन्दा बढीलाई निको

अमेरिकामा २१,फेब्रुअरीमा करिब ११ लाख ४४ हजारको परीक्षण, ५७ हजार संक्रमित

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२१ फेब्रुअरी) मा ११ लाख ४४ हजार ४३६ जनाको नमुना परीक्षण गर्दा ५७ हजार १९८ कोरोना भाइरसका संक्रमित थपिएका छन् । २० फेब्रअरीमा ३५ लाख ८४ हजार ८३४ जनाको नमुना परीक्षण गर्दा ७१ हजार ३६९ जना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२१ फेब्रुअरी) मा १२ सय ४५ जना कोरोना भाइरसको संक्रमणबाट मृत्य भएका छन् । २० फेब्रुअरीमा अमेरिकामा १९ सय २० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

वर्डमिटर्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार फागुन १० गते सोमबार बिहान ७.३० बजेसम्ममा २ करोड ८७ लाख ६५ हजार ४२३ जना कोरोना भाइरसका संक्रमित पुगिसकेका छन् । कुल संक्रमितमध्ये सोमबार बिहान ७.३० बजेसम्ममा १ करोड ८९ लाख ७३ हजार १९० जनालाई  कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन १० गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९२ लाख ८१ हजार एक सय जना छन् ।

नेपाली समय अनुसार फागुन १० गते सोमबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले  ३४ करोड ८० लाख ९६ हजार २०१ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब १ करोड ६२ लाख ८४ हजार ४४जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा बढीको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन १० गते सोमबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ११ हजार १ सय ३३ जनाको  मृत्यु भैसकेको छ ।

फागुन १० गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ करोड १९ लाख ५३ हजार ७३६ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख ७७ हजार ८१५ जना छन् ।