भारतमा कोभिड–१९ का कारण दुई गुणा अपराध बढ्यो

भारतमा कोभिड–१९ का कारण दुई गुणा अपराध बढ्यो तरुण खबर १ आश्विन २०७८, शुक्रबार १०:२१
भारतमा कोभिड–१९ का कारण दुई गुणा अपराध बढ्यो

काठमाडौं । भारतमा नेशनल क्राइम रिकार्ड ब्यूरोका अनुसार साल २०२० मा साम्प्रदायिक र धार्मिक अपराधमा २०१९ को तुलनामा धेरै अपराध भएको पत्ता लागेको छ । यो वृद्धि जब देख्न पाइयो तब कोरोना भाइरसको संक्रमण बढ्यो । २०१८ मा ५१२ साम्प्रदायीक तथा धार्मिक अपराध भएको थियो भने २०१९ मा त्यो संख्या ४३८ मात्र थियो । त्यो संख्या बढेर २०२० मा ८५७ पुगेको भारत केन्द्रीय गृह मन्त्रालयले सञ्चार माध्यमलाई जानकारी दिएको छ । एनसीआरबीका अनुसार २०२० मा ७१ हजार १०७ सार्वजनिक शान्तिमा असर गर्ने घटना दर्ता भएका छन् भने २०१९ मा ६३ हजार २६२ वटा घटना भारतीय प्रहरीमा दर्ता भएको हिन्दुस्तान टाइम्सले सार्वजनिक गरेको छ ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१६, सेप्टेम्बर) मा १६ लाख ४५ हजार ९३३ जनाको नमुना परीक्षण गर्दा ३४ हजार ६४९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १५, सेप्टेम्बरमा १६ लाख १० हजार ८२९ जनाको नमुना परीक्षण गर्दा ३० हजार ३६१ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (१६, सेप्टेम्बर) मा कोरोना भाइरसको संक्रमणबाट ३१८ जनाको निधन भएको छ । १५, सेप्टेम्बरमा कोरोना भइरसको संक्रमणबाट ४३२ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असोज १ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ३३ लाख ८० हजार ५२२ जना छन् । २०७८, असोज १ गतेसम्ममा भारतले ५४ करोड ७७ लाख १ हजार ७२९ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, असोज १ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड २५ लाख ९० हजार ८६८ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ४५ हजार ३७६ जना छन् । पछिल्लो २४ घण्टा (बिहीबार) मा ३७ हजार ८७८ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, असोज १ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ४४ हजार २७८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।