तरुण खबर
१२ आश्विन २०७८, मंगलवार ०९:०६
काठमाडौं । विश्वमा यस्ता देशहरु पनि छन्, जहाँ कोरोना महामारीको वास्ता गरिदैन । यस्ले विश्वलाई नै चिन्तित बनाएको छ । जोन्स हापकिन्स विश्वविद्यालय र डब्ल्यूएचओका अनुसार तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बर्दीमुहामेदोवसहित पाँच देश छन्, जहाँ कोरोना भाइरसको संक्रमण भएर पनि लुकाउँने गरेको विश्व स्वास्थ्य संगठनले बताएको छ । एसियाली मुलुक तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बर्दीमुहामेदोवले आफूलाई मनपर्ने एउटा कुकुरको विशाल सुनौलो मूर्ति सडकमा ठड्याएका थिए ।
सन् २००७ देखि शासन सत्ता सम्हालिरहेका राष्ट्रपति गुरबांगुलीको आदेशमा तयार भएको उक्त विशाल कुकुरको सुनौलो मूर्तिको तयार गरिएको हो । उक्त कुकुरको सालिक ६ फिट अग्लो छ । बीबीसीका अनुसार गुरबांगुलीबाट घोडा तथा कुकुरको बच्चालगायतका जनावरहरु उपहारको रुपमा पाउने नेताहरुमा रुसी राष्ट्रपति भ्लादमिर पुटिन, उज्वेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभ तथा कतारी राजा लगायतका छन् । त्यसमध्ये उत्तर कोरिया पनि पर्छ । तानाशाह किम जोङ उन उत्तर कोरिया शासक हुन् । तुर्कमेनिस्तान राष्ट्रपति गुरबांगुलीले मंगलबार संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै भने कोरोना भाइरसको संक्रमणलाई राजनीतिकरण गरिदैछ, जबकि कोरोना भाइरसका कारण अस्पतालहरु भरीभराउँ छन् ।
संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२७, सेप्टेम्बर) मा ११ लाख ६५ हजार ६ जनाको नमुना परीक्षण गर्दा १४ हजार ९०५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २६, सेप्टेम्बरमा १५ लाख ८१ हजार ८६२ जनाको नमुना परीक्षण गर्दा २७ हजार २२ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२७, सेप्टेम्बर) मा कोरोना भाइरसको संक्रमणबाट १८१ जनाको निधन भएको छ । २६, सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमणबाट २७७ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार असोज १२ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ३६ लाख ९३ हजार १४८ जना छन् । २०७८, असोज १२ गतेसम्ममा भारतले ५६ करोड ४४ लाख ८ हजार २५१ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, असोज १२ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड २९ लाख ४८ हजार ६५७ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ९७ हजार ८५ जना छन् । पछिल्लो २४ घण्टा (सोमबार) मा २४ हजार २३७ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, असोज १२ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ४७ हजार ४०६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


