तरुण खबर
१४ आश्विन २०७८, बिहीबार ०९:२७
काठमाडौं । अमेरिककामा पछिल्लो २४ घण्टा (२९, सेप्टेम्बर) मा १८ लाख ७० हजार ५१७ जनाको नमुना परीक्षण गर्दा १ लाख २३ हजार २७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २८, सेप्टेम्बरमा २० लाख ५३ हजार ३८० जनाको नमुना परीक्षण गर्दा १ लाख १२ हजार ८६१ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२९, सेप्टेम्बर) मा कोरोना भाइरसको संक्रमणबाट २ हजार १९० जनाको मृत्यु भएको छ । २८, सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमणबाट १ हजार ९४६ जनाको मृत्यु भएको थियो ।
२०७८, असोज १४ गते बिहीबार बिहान ७.०० बजेसम्ममा ४ करोड ४१ लाख ९९ हजार ४९६ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये बिहीबार बिहान ७.०० बजेसम्ममा ३ करोड ३६ लाख ३४ हजार ७०२ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार असोज १४ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९८ लाख ५० हजार ८४४ जना छन् ।
नेपाली समय अनुसार असोज १४ गते बिहीबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ६३ करोड ९८ लाख ३२ हजार ८५६ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब ३० करोड ८३ लाख ८३ हजार ५७५ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब ३० करोड ८३ लाख ८३ हजार ५७५ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट असोज १४ गते बिहीबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ७ लाख १३ हजार ९५३ जनाको मृत्यु भैसकेको छ ।
असोज १४ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २३ करोड ४० लाख ३१ हजार ७० जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ लाख ८७ हजार ४८३ जना छन् ।


