धनतिल वाराही क्षेत्रको नयाँ रुप

धनतिल वाराही क्षेत्रको नयाँ रुप तरुण खबर १७ आश्विन २०७८, आईतवार ०९:३९
धनतिल वाराही क्षेत्रको नयाँ रुप

बिभिन्न बंशावली तथा इतिहासको अध्ययन अनुसार ललितपुर नगर क्षेत्रमा अष्टमातृका गणका पीठहरुका अस्तित्व १४०० वर्ष अघिदेखि नै देखा परेको अनुमान गर्न सकिन्छ । यसैक्रममा धनतिल वाराहीको जोडिएको छ । ललिपुर नगरक्षेत्रमा धनतिल बाराहीको पीठलाई अत्यन्त उग्र मानिएको कारण यसको संरक्षण निमित्त लिच्छवी राजा बरदेव पछि अन्योन्य भक्तजनहरुबाटै भएको पाइन्छ । यस कुराको प्रमाण धनतिल बाराही स्थानमा रहेका शिलापत्र अनुसार वि.सं. १८४३ मा लक्ष्मिरमण उपाध्यय समेतले सो बाराही पूजा गर्न गुठी नै राखिएको र मत्स्यन्द्र सिंहले पाटी बनाई दिएका थिए । वास्तविकता भन्ने हो भने लिच्छवी शासनकाल पछि यस देवीको संरक्षण विभिन्न दाताहरुका तर्फबाट भएको मानिन्छ ।

बि.सं. २००७ सालपछि यहीका ऐतिहासिक कलात्मक मूर्तिहरु हराउने गरेका थिए । यसै क्रममा धनतिल बाराहीका ढुंगाका मूर्ति पनि चोरी भए । २०११ सालतिर हिरामान व्यञ्जनकारले पुनः ढुंगाको कलात्मक बाराहीको मूर्ति स्थान गर्नु भएको थियो । तर ती मूर्ति २०२४ सालतिर चोरी हुँदा अर्को मूर्ति राखिएको थियो । ती मूर्तिमा पनि फोडफाड गरी अंगभंग गरियो । केही वर्षअघि ढलौटको मूर्ति राखिएको छ । यस्तै, यहाँका पाटी र धर्मशाला जीर्ण हुँदै जाँदा जगको डोब र इँटाका मात्र रहन गएकाले सत्तल र धर्मशाला २०४९ सालमा पुर्ननिर्माण गरिएको हो । ललिपुर महानगरपालिका–१० का वडाअध्यक्ष ज्वगल निवासी नरसिंह व्यञ्जनकारको सक्रियता महानगर एवं चन्दादाताबाट सहयोग लिएर पाटी एवं सत्तललाई पुर्ननिर्माण गर्नुको साथै धनतिल बाराहीको मन्दिर पुनः निर्माण गरिएको हो । धनतिल बाराहीको मन्दिर पछाडी भैरबको र दाहिनेतिर गणेशको मूर्ति सहित दुईवटा मन्दिर पनि बनाइएको छ । जस्तै, २०४९ सालमा उक्त बाराहीको पाटी र सत्तलको भग्नावेष ठाउँमा नयाँ धर्मशाला बनाउँदा यहीको प्रकृतिक एवं ऐतिहासिक कलाकृतिको गरियो । यस क्षेत्रको वातारणलाई जोगाउने प्रयासस्वरुप यूएन पार्कमा बृक्षा रोपण गरिएको हो । यस निमित्त सर्वप्रथम धर्मशाला निर्माणको कार्यमा भइरहेको अधुरो कामलाई पुरा गर्नु पर्छ । यसका निमित्त सहयोग दिनु र लिनु पनि अबस्यक छ ।

बि.सं. २००७ सालपछि यहीका ऐतिहासिक कलात्मक मूर्तिहरु हराउने गरेका थिए । यसै क्रममा धनतिल बाराहीका ढुंगाका मूर्ति पनि चोरी भए । २०११ सालतिर हिरामान व्यञ्जनकारले पुनः ढुंगाको कलात्मक बाराहीको मूर्ति स्थान गर्नु भएको थियो । तर ती मूर्ति २०२४ सालतिर चोरी हुँदा अर्को मूर्ति राखिएको थियो ।

धनतिल बाराही क्षेत्रको संरक्षण एवं विकासका निमित्त अझै पनि धेरै प्रयासहरु गर्नु पर्ने देखिन्छ । अहिलेसम्मको उपलब्धिलाई हेरियो भने ती देवीको दर्शन तथा पूजा गर्न आउने भक्तजनहरु, राजतिर्थमा श्राद्ध गर्न आउँनेहरु र वटुवाहरुका लागि नवनिर्मित धर्मशालाले आप्mनो सेवा कार्य थालिसकेका छन् । धर्मशालाको पुनः निर्माणले भोज–भत्तेर गर्न आउँनेहरुका लागि समेत सेवा पुग्नेछ । जमाना बदलिएको छ । यो बदलिरहेको युग सुहाउँदो तरिकाले धनतिल बाराही क्षेत्रको विकास निमित्त केही सार्वजनिक चौरहरु, पूmलबारीहरुको अनिवार्य प्रबन्ध हुन आबस्यक छ । साथै, त्यहाँ मनलागि अनेक देवी र देवताहरुका मूर्तिहरु स्थापना गर्ने काम रोक्न अनिबार्य भैसकेको छ । ताकि यहाँको प्राचिन वातावरणमा कुनै खलल नपारोस् । यी देवीका हातभित्र कुनै अनाबस्यक गतिविधि हुन नदिनु अति जरुरी छ । धनतिल बाराही क्षेत्रको सुधार, विकास एवं संरक्षण निमित्त श्री ५ को सरकारबाट ( २०७२ जारी संविधान अनुसार नेपाल सरकार भएको छ ।) कुनै दृष्टिसम्म नपु¥याइएको जनगुनासो छ । विशेषतः यस क्षेत्रको प्राचिनस्थल भएको हुँदा केवल विभिन्न दाताहरुले मात्र होइन श्री ५ को सरकारले पुरातत्व विभागबाट पनि यसको संरक्षण, विकास र सुधारका निमित्त उचित सहयोग गर्नु पर्ने जरुरी छ । श्री नरसिंह व्यञ्जनकारको सक्रियतामा विभिन्न दाता एवं सहयोगीहरुका सहायताबाट नव निर्मित भवन धनतिल बाराहीको मन्दिर, धर्मशाला, चोक आदिको सुधार, विकास एवं संरक्षण निमित्त स्थानीय जनताले मात्र चासो देखाएर हुँदैन, वल्कि श्री ५ को सरकारबाट पनि ध्यान दिनुपर्छ भनी सर्वसाधारण जनताको आवाज छ ।

धनतिल बाराही क्षेत्रले जसरी पुर्नजीवन प्राप्त गरे, त्यसैगरी यसलाई सधै बचाई राख्न सरकारी, गैह्र सरकारी एवं सर्वसाधारण जनताले समेत प्रयास गरेमा विगतको जस्तो विकृतिहरु त्यहीँ देखापर्न सकिने छैन भन्ने आशा सबैले लिएका छन् । धनतिल बाराही क्षेत्रको नयाँ रुपलाई संरक्षण गर्न सबैको समान जिम्मेवारी छ । यल ढोका, तःननी, कुपण्डोल, ज्वागाल, पुर्निडोल, चाकुपाट, इलाकाका थानेश्वर देवी भनी मानिदै आएका धनतिल बाराही स्थान अहिले रमणीय स्थान भएको छ ।
(लेखक बुद्धाचार्य शाक्य राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार हुन् । उनको यो लेख कुनैबेला गोरखापत्रमा प्रकाशित भएको थियो । बुद्धाचार्य शक्यको अल्पायुमा निधन भइसकेको छ ।)