तरुण खबर
१८ आश्विन २०७८, सोमबार १०:२४
काठमाडौं । हालसम्मै ठूलो संख्यामा चुहिएका वित्तीय दस्तावेजहरूको अध्ययनले विश्व नेता, राजनितिज्ञ र अर्बपतिहरूका गोप्य धन तथा कारोबारबारे खुलासा गरेको छ । करिब ३५ वर्तमान र पूर्वनेता तथा ३०० भन्दा बढी सार्वजनिक अधिकारीका विवरण प्यान्डोरा पेपर्स नाम दिइएको देशबाहिर कर छल्ने हिसाबले स्थापना गरिएका अफशोर कम्पनीहरूका फाइलमा फेला परेको छ । ती कागजपत्रले जोर्डनका राजाले बेलायतले र अमेरिकाका सम्पत्तिबाट सात करोड पाउन्ड गोप्य रूपमा जम्मा गरेको देखाएको छ । त्यसबाहेक पूर्वब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयर र उनीकी श्रीमतीले लन्डनस्थित कार्यलय खरिद गर्दा सम्पत्ति खरिदसम्बन्धी करबाट ३ लाख १२ हजार पाउन्ड जोगाएको भनिएको छ । उनीहरूले उक्त भवन खरिद गर्ने एउटा अफशोर कम्पनी नै किनेका थिए ।
त्यस्तै, गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर खरीद–बिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको छ । आईसीआईजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासा अनुसार, नेपालका दुई ठूला व्यापारिक घराना – चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसन सम्बद्ध व्यक्तिहरू समेत त्यस्तो कार्यमा संलग्न भएको भेटिएको हो ।
अमेरिकाको वासिङटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’ लाई उपलब्ध गराएको कागजात अनुसार प्रतिनिधिसभा सदस्य तथा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको पाइएको छ । ती कम्पनीहरू विनोद चौधरी, उनकी श्रीमती सारिकादेवी र तीन छोरा निर्वाण, बरुण र राहुलको नाममा छन् ।
दस्तावेजमा के के छन् ?
चुहिएका दस्तावेजहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बन्ध मोनाकोमा रहेको गोप्य सम्पत्तिमा देखाउँछ । अनुसन्धानमा आईसीआईजेसँग सहकार्य गरेको खोज पत्रकारिता केन्द्र नेपालका अनुसार अफशोर कम्पनी खोलेर लगानी गर्नेहरूमा नेपालका पनि ठूला व्यापारिक घरानिया रहेका छन् । चेक प्रधानमन्त्री आन्द्रे बाबिस दक्षिणी फ्रान्समा एक करोड २० लाख पाउन्ड बराबरका दुईवटा भिल्ला खरिद गर्न अफशोर लगानी कम्पनी प्रयोग गरेको तथ्य घोषणा नगरी बसेका थिए । यो हप्ता चेक गणतन्त्रमा हुने संसदीय चुनावलाई प्रभावित पार्न र आफूलाई बदनाम गर्न ती दाबीहरू गरिएको उनको भनाइ छ । चुहिएका ती दस्तावेजमा पाकिस्तानी प्रधानमन्त्री इमरान खाननिकट व्यक्तिहरूको दशौँ लाख डलर सम्पत्ति रहेका गोप्य कम्पनी र कोषहरूमा स्वामित्व रहेको पाइएको छ । उनको मन्त्रिपरिषद् र परिवारका सदस्यहरूको नाममा ती सम्पत्ति रहेको छ ।
शेयर खरीद–बिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको छ । आईसीआईजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासा अनुसार, नेपालका दुई ठूला व्यापारिक घराना– चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसन सम्बद्ध व्यक्तिहरू समेत त्यस्तो कार्यमा संलग्न भएको भेटिएको हो ।
बीबीसी न्यूजका अनुसार त्यसबारे जबाफ दिँदै प्रधानमन्त्री खानले प्यान्डोरा पेपर्समा नाम रहेका सबै पाकिस्तानी नागरिकबारे आफ्नो सरकारले छानबिन गर्ने र कुनै गल्ती गरेको स्थापित भए कारबाही गरिने बताएका छन् । उनले सम्भ्रान्तहरूले ’गलत ढङ्गले’ कमाएको सम्पत्तिसम्बन्धी रहस्योद्घाटनको स्वागत गरेका छन् । टोनी ब्लेयर र उनीकी श्रीमतीको नाम पनि प्यान्डोरा पेपर्समा उल्लेख छ
प्यान्डोरा पेपर्सले केन्याका राष्ट्रपति उहुरु केन्याटाले दशकौँसम्म अफशोर कम्पनीको सञ्जालमाथि गोप्य रूपमा आफ्नो स्वामित्व कायम राखेको देखाएको छ । एउटा सेअर र बन्डसम्बन्धी कम्पनीमा तीन करोड डलर लगानी गरिएको थियो। केन्याटा परिवारले कुनै प्रतिक्रिया दिएको छैन । तर केन्याटाले सन् २०१८ मा बीबीसीलाई उनको परिवारको सम्पत्तिबारे सबैलाई थाहा भएको र राष्ट्रपतिको हैसियतमा आफूले कानुन अनुसार सम्पत्ति सार्वजनिक गरेको बताएका थिए ।
लगभग एक करोड २० लाख दस्तावेजको अनुसन्धान
सात वर्षमा भएको यो अफशोर करोबारसम्बन्धी पछिल्लो खुलासा हो । यसअघि फिनसेन फाइल्स, द प्याराडाइज पेपर्स, द पानामा पेपर्स र लक्सलिक्स खुलासा भएका थिए । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था इन्टनरन्याश्नल कन्सोर्टिअम अफ जनर्लिस्ट (आईसीआईजे) ६५० जना पत्रकारसँग मिलेर पछिल्लो विवरण बाहिर ल्याएको हो । बीबीसी पानोरोमाले गार्जियन र अरू सञ्चारमाध्यमसँग मिलेर लगभग १ करोड २० लाख दस्तावेज र फाइलहरूमा पहुँच पाएको थियो । ती दस्तावेज ब्रिटिश भर्जिन आइल्याड्स, पानामा, बेलिज, साइप्रस, द युनाइटेड अरब एमिरेट्स, सिङ्गापुर र स्विटजरल्याण्डका वित्तीय सेवा कम्पनीबाट लिइएका थिए । कतिपय व्यक्तिहरूले भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर र विश्वव्यापी करछलीको आरोपको सामना गरिरहेका छन् । तर एउटा सबैभन्दा ठूलो खुलासामा कसरी नाम चलेका र धनी व्यक्तिहरूले गोप्य रूपमा यूकेमा सम्पत्ति जोड्न कानुनी रूपमा नै कम्पनीहरू खडा गरिरहेका छन् भन्ने देखिन्छ ।
यसले अफशोरमा सम्पत्तिको स्वामित्व रहेका व्यक्तिहरूको विवरण राख्न यूके सरकार विफल रहेको देखाउँछ । यूकेमा सम्पत्ति जोड्ने कतिपय व्यक्तिले कालोधन लुकाएको हुन सक्ने चिन्ताका माझ यूकेले पटक पटक त्यस्ता व्यक्तिको विवरण राख्ने बताएको थियो । आईसीआईजेले अहिलेको अनुसन्धानले ’लुकाइएका धेरै कुरा खुल्दै जाने’ भन्दै यसको नाम ’प्यान्डोरा पेपर्स’ नाम दिइएको जनाएको छ ।


