कुरा बुझ्न गणेशमानजीको घर जान्थ्यौं

कुरा बुझ्न गणेशमानजीको घर जान्थ्यौं तरुण खबर १८ आश्विन २०७८, सोमबार १०:३०
कुरा बुझ्न गणेशमानजीको घर जान्थ्यौं

भाइलाई सिलगुडीबाट उपचार गरेर त ल्याएँ, तर ऊ फेरि बिरामी भयो । उसलाई सिलगुडी लैजानुपर्ने भयो । यता, मलाई पुलिसले खोजिरहेको थियो । भागेर सिलगुडी जाने सोच बनाएँ, तर कसरी जाने ? समस्या थियो । मेची खोला बढिरहेको थियो । मसँग विरामी भाइ, अर्को भाइ हेम गुरुङ र ठूलो बहिनी थिइन् । हामीले सल्लाह ग¥यौैं । मेची खोलाको जँघारबाट जुन गाडी पहिले जान्छ, त्यसैबाट पारि जाने सल्लाह भयो । खोलाको बीचमा धान लिएर आएको एउटा गाडी फसेको थियो । भाग्यवश एउटा गाडी आयो । म त्यही गाडीबाट पारि गएँ । खोलाको वारपार केही देखिन्नथ्यो । मेची नदी सुसाइरहेको थियो । भाइ बहिनी पनि देखिएनन् । दैवसंयोग, उताबाट गाडी आयो । उनीहरू पनि आए । भाइलाई खर्साङ लिएर गएँ । म उतै बसें, इलाम फर्किनँ ।

कांग्रेस हुँ भन्न डराउन्नथें मान्छेहरु
खर्साङमा बसेपछि मैले गिरिजाबाबुसँग सम्पर्क गरें । त्यसपछि इलामबाट बाहिर भएँ, जिल्ला फर्किनँ । म २००७ सालदेखि कांग्रेस भइसकेको थिएँ । इलाममा सारा पञ्चहरूले मलाई कांग्रेस भन्थें । म कांग्रेस हुँ भन्न डराउन्नथें पनि । मैले पद्मोदय स्कुल पढें, पछि त्यही स्कुल पढाएँ । मैले पढाउँदा त्यो स्कुलले नाम फेरेर आदर्श हाइस्कुल राखेको थियो । म स्कुल पढाउँदा निकै लोकप्रिय भएको थिएँ । खेलुकद गराउँथे । विद्यार्थीहरूलाई स्काउट गराउँथे । र, पढाउँथे पनि । त्यसैले सबै विद्यार्थीहरू मसँग नजिक थिए । केही सानो कुरामा चित्त नबुझे पनि यसले विद्यार्थीहरूलाई उचालेर नाराजुलुस गर्न लगाउँछ भनी अरु शिक्षकहरू भन्ने गर्थे । त्यही डरले प्रहरी प्रशासनले मलाई पक्रन सकेको रहेनछ । यो कुरा मैले पछि थाहा पाएँ । तर पछि कुलबहादुर गुरुङलाई नपक्री नहुने भयो भन्ने प्रशासनलाई लागेछ । त्यही बेला केबी भाग्यो भन्ने चर्चा पनि भएछ । त्यसै क्रममा पुलिसले मलाई पक्रन खोजेको थियो ।

झलनाथ खनाल र सुवासचन्द्र नेम्माङ पनि मेरा विद्यार्थी
झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ मेरा विद्यार्थी हुन्, उनीहरूलाई मैले २०२९ साल अगाडि पढाएको हुँ । सो स्कुलमा करिब १२ वर्ष पढाएँ । बीपी फर्कनुअघि नै म भारतबाट नेपाल फर्केंको कुरा मैले बताई सकेको छु । नेपाल फर्कने वित्तिकै म पक्राउ परें । मलाई भेट्न पत्नी जेल आइन्, तर उनी भेट्न आएको करिब एक सातापछि नै जनमतसंग्रहको घोषणा भयो । त्यसपछि मलाई जेलबाट रिहा गरियो । पक्राउ पर्नुअघि म इलाम कांग्रेसको अध्यक्ष थिएँ । जनमतसंग्रहको चुनावका बेला मैले बहुदलको पक्षमा प्रचार गरेका घटनाले धेरैलाई प्रभाव पारेको थियो । सरकारले निकै ठूलो धाधली ग¥यो,जनमतसंग्रहमा हामीले हा¥यौं । मैले फेरि स्कुल पढाउन सुरु गरे पनि हुन्थ्यो, तर हामी दुई चारजना गोपाल पहाडी, पूर्णानन्द शर्मा (जो अहिले झापामा छन्) उनीहरूले ‘केबीजी अब नपढाऔं, तपाईले पनि छाड्नुहोस्, हामी पनि छाड्छौं’ भने । गोपाल पहाडी र पूर्णानन्द पनि शिक्षक थिए । उनीहरूले शिक्षकको जागिर नवीकरण नगर्ने भनेपछि मैले पनि नाम लेखाइन । नाम लेखाएको भए फेरि जागिर दिन्थ्यो । नवीकरण गरेकाहरूलाई जागिर दिने भनिएको थियो । २०४६ सालपछि म इलाम आएँ । बामपन्थीहरूले निकै ठूलो भ्रम फैलाए र २०४८ सालको चुनावमा म उम्मेदवार बनें पनि मैले जित्न सकिनँ । २०४८ र २०५६ सालको चुनावमा वामपन्थीहरूकै जित भयो । त्यसपछिका चुनावमा भने हारेको छैन ।

मलाई भेट्न पत्नी जेल आइन्, तर उनी भेट्न आएको करिब एक सातापछि नै जनमतसंग्रहको घोषणा भयो । त्यसपछि मलाई जेलबाट रिहा गरियो । पक्राउ पर्नुअघि म इलाम कांग्रेसको अध्यक्ष थिएँ । जनमतसंग्रहको चुनावका बेला मैले बहुदलको पक्षमा प्रचार गरेका घटनाले धेरैलाई प्रभाव पारेको थियो ।

मैले नै गणतन्त्र घोषणा गरें
२०६४ सालको संविधान सभाको चुनाव जितें र जेष्ठ सभासद्कै हैसियतले म संविधान सभाको अध्यक्ष भएँ । एक दिनका लागि म सभामुख बनें । तर, सभामुख छान्न ढिलो भयो । सभामुख हुँदा मेरो घरमा गार्ड बस्न खोजेका थिए, तर मैले ‘मेरो घरमा गार्ड राख्ने ठाउँ छैन, मलाई पिएसओ पनि चाहिँदैन’ भनें । मलाई यहाँबाट संसद् भवनसम्म पुग्न गाडी देऊ भनें । गाडीमै आवतजावत गर्थें । गाडीमा एउटा गार्ड, एउटा पिएसओ बस्थ्यो । घरमा आएपछि उनीहरूलाई तिमीहरू आ–आफ्ना घर जाऔं भनी फर्काइदिन्थे । त्यसैगरी साढे तीन महिना बस्नुप¥यो । सभामुखले पाउने सुविधा मैले मागिनँ । त्यही बेलामा मैले नै गणतन्त्र घोषणा गर्नुप¥यो । अब देशमा राजतन्त्र छैन भनी भन्नुप¥यो ।

गिरिजाप्रसाद कोइराला सरकारमा मन्त्री भएँ
२०५२-५३ सालको सरकारमा म मन्त्री भएँ । चार महिना ११ दिन मात्र शिक्षामन्त्री भएँ । त्यसपछि फेरि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो । उहाँले मलाई स्वास्थ्यमन्त्री बनाउनुभयो । स्वास्थ्य मन्त्री हुँदै गर्दा फेरि अर्को घटना भयो । उहाँले मलाई फेरि शिक्षा र महिला बालबालिकामा राख्नुभयो । त्यति नै बेला चुनाव भयो । अर्को प्रसंगमा जाऔं । गणेशमानजीसँग मेरो पहिलो भेट काठमाडांैमै भएको थियो । त्यतिखेर म काठमाडौंमा पढ्दै थिएँ । गणेशमानजीसँग भेट्नु पर्दा नेताहरू मलाई लिएर जान्थे । त्यतिखेर टेलिफोन प्रायः कसैसँग थिएन । गणेशमानजीले केही भन्नुप¥यो भने मलाई भन्ने गर्नुहुन्थ्यो । मेरा नेताहरूले पनि केही प¥यो भने केबीलाई भन्नु होला, उसले हामीलाई खबर गर्छ भनेका थिए । त्यतिखेर झापा, इलामलगायतका जिल्लामा सम्पर्क गर्ने मै माध्यम भएको थिएँ ।

त्यसबेला बीपीसँग भेट्न जाँदा आफ्नो केही कुरा भन्नु छ भने मात्र उहाँसँग कुरा हुन्थ्यो । सुवर्णजीसँग कुरा गर्न गयांै भने केही पनि थाहा हुँदैनथ्यो । तर, गणेशमानजीसँग कुरा गर्न बसेपछि उहाँले सबै कुरा भन्नु हुन्थ्यो । नेपालमा अहिले के भइरहेको छ, पार्टी गतिविधि,आगामी कार्यक्रम सबै कुरा भन्नु हुन्थ्यो । उहाँसँग कुरा गर्न जाँदा आनन्द आउँथ्यो । उहाँ खुलेर बोल्नु हुन्थ्यो । केही कुरा बुझ्नु छ र केही कुरा जान्नु छ भने गणेशमानजीको घरमा जान्थ्यांै । सबै कुरा भटाभट हुनुहुन्थ्यो । उहाँ खुलस्थ,उदार र कपट नभएको नेता हुनुहुन्थ्यो ।

गाडीमा एउटा गार्ड, एउटा पिएसओ बस्थ्यो । घरमा आएपछि उनीहरूलाई तिमीहरू आ–आफ्ना घर जाऔं भनी फर्काइदिन्थे । त्यसैगरी साढे तीन महिना बस्नुप¥यो । सभामुखले पाउने सुविधा मैले मागिनँ । त्यही बेलामा मैले नै गणतन्त्र घोषणा गर्नुप-यो । अब देशमा राजतन्त्र छैन भनी भन्नुप-यो ।

२०६२–६३ को आन्दोलन
अब २०६२-६३ को आन्दोलनको प्रसंगमा जाऔं । त्यतिखेर नेपाली कांग्रेसको अगुवाइमा सात पार्टीले १९ दिने आन्दोलन गरेका थिए । २०५६ सालमा निर्वाचित भएको देउवा सरकारलाई राजा ज्ञानेन्द्रले विघटन गरे । त्यो विघटन गलत हो निर्वाचित संसद पुनस्थापना गरिनु पर्छ भनेर नेपाली कांग्रेसले आन्दोलन सुरु ग¥यो । कांग्रेसले यो माग राख्दा धेरैले गिरिजाप्रसाद कोइराला बहुलाए पनि भने । सर्वोच्चले पनि पुनस्र्थापना हुन सक्दैन भन्यो । तर नेमकिपाले कुनै देशमा यस्तो भएको छ भन्दै पुनस्र्थापनालाई साथ दियो ।

किन गणतन्त्र ल्याइयो ? मैले बुझेको छैन
१९ दिने आन्दोलन सफल भएपछि सांसदहरू पुनस्र्थापित भए । सोही पुनस्र्थापित प्रतिनिधिसभाकै सांसदको हैसियतमा राजा ज्ञानेन्द्रले गिरिजाप्रसाद कोइरालाई प्रधानमन्त्रीमा सपथ ग्रहण गराए । यसबारेमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला मात्र होइन, त्यसबेलाका कांग्रेसका महामन्त्री सुशील कोइरालाले पनि हामीलाई केही भनेनन् । शेरबहादुर देउवा त अर्कै खेमाका थिए । रामचन्द्रजीले पनि भनेनन् । तर भएको के हो ? इतिहासले के भन्छ ? के गणतन्त्रका लागि सात पार्टीले आन्दोलन गरेका थिए त ? प्रश्न अनुत्तरित नै छ ।

२०६३ साल जेठ ४ मा संसद्ले एउटा प्रस्ताव पास गरेको छ । अब उप्रान्त राजाका उत्तराधिकारी संसद्ले खोज्छ भन्यो । त्यसअघि राजाका उत्तराधिकारी राजपरिषद्ले खोज्थ्यो । अब राजाको उत्तराधिकारी सदनले खोज्छ भनेपछि राजा राख्नुपर्छ भनेको हो कि होइन ? संसद्ले अब उप्रान्त राजाउपर कर लाग्ने,उजुरी लाग्ने छ पनि भन्यो । संसद्ले त्यतिबेला पाँचवटा प्रस्ताव पास गरेको छ । त्यसपछि संसद्ले राजाको उत्तराधिकारी छोरी पनि हुने छ भन्यो । त्यसबेला उक्त घटनालाई पत्रपत्रिकाहरूले म्याग्नाकार्टा भनेर लेखे । यो भनेको के हो ? त्यसपछि गणतन्त्र आयो । यो गणतन्त्र कहाँबाट आयो, किन आयो ? यसको उत्तर अहिलेसम्म कसैले दिएको छैन । अनुत्तरित कामकारबाहीमा हामी रुमल्लि रहेएका छौं । हामी कहाँ छांै, के गर्दै छांै ? हामी कोसँग छौं ? यस्ता खालको कुरालाई पत्रपत्रिकाले कसरी लेख्ने गरेको छ ? मैले गम्भीर भएर यस विषयमा सोच्ने गरेको छु । उत्तर कतैबाट पाएको छैन ।
(नेपाली काँग्रेसका नेता केबी गुरुङसँग करिब साँढे तीन वर्ष अगाडी परशु घिमिरेले कुराकानी गरेका थिए ।)