अमेरिकामा कुल संक्रमितमध्ये ७ लाख २७ हजार २७४ भन्दा बढीको मृत्यु

अमेरिकामा कुल संक्रमितमध्ये ७ लाख २७ हजार २७४ भन्दा बढीको मृत्यु तरुण खबर २१ आश्विन २०७८, बिहीबार ०९:३३
अमेरिकामा कुल संक्रमितमध्ये ७ लाख २७ हजार २७४ भन्दा बढीको मृत्यु

काठमाडौं । अमेरिककामा पछिल्लो २४ घण्टा (६, अक्टोबर) मा १७ लाख ३५६ जनाको नमुना परीक्षण गर्दा १ लाख ६ हजार ४५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ५, अक्टोबरमा १५ लाख ७६ हजार १५४ जनाको नमुना परीक्षण गर्दा १ लाख २ हजार ८१० जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (६, अक्टोबर) मा कोरोना भाइरसको संक्रमणबाट २ हजार ९३ जनाको मृत्यु भएको छ । ५, अक्टोबरमा कोरोना भाइरसको संक्रमणबाट एक हजार ९२५ जनाको मृत्यु भएको थियो ।

२०७८, असोज २१ गते बिहीबार बिहान ७.०० बजेसम्ममा ४ करोड ४९ लाख १३ हजार ९७० जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये बिहीबार बिहान ७.०० बजेसम्ममा ३ करोड ४३ लाख ८६ हजार ५४१ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार असोज २१ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९८ लाख १५५ जना छन् ।
नेपाली समय अनुसार असोज २१ गते बिहीबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ६५ करोड २३ लाख ८९ हजार ६२९ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब ३२ करोड ९ लाख ४० हजार ३४८ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब ३२ करोड ९ लाख ४० हजार ३४८ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट असोज २१ गते बिहीबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ७ लाख २७ हजार २७४ जनाको मृत्यु भैसकेको छ ।

असोज २१ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २३ करोड ७० लाख ४९ हजार २९१ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ लाख ३९ हजार ४२० जना छन् ।