तरुण खबर
२६ आश्विन २०७८, मंगलवार १५:५१
काठमाडौं । काठमाडौंको हनुमानढोका दरवारस्थित दशैंघरमा गोरखा दरबारबाट ल्याइएको फुलपातीभित्र्याउँने परम्परा छ । काठमाडौं गोरखा यातायात सञ्जाल जोडिएपनि फुलपातीभने परम्परा धान्दै पैदलमार्गबाटै ल्याउने गरिएको छ । पृथ्वीनारायण शाहले काठमाडांै उपत्यका विजय गरेपश्चात हनुमानढोेका दरवारमा गोरखाबाट फुलपातीभित्र्याउने परम्परा थालनी भएको हो । गोरखाको टोलीले धादिङको छत्रे देउरालीसम्म र काठमाडौंबाट गएको टोलीले एकै दिनमा गोरखाबाट ल्याएको फुलपातीहनुमान ढोकामा ल्याइपु¥याउँछन् ।
काठमाडौंबाट गएको टोली छत्रे देउरालीमा एक रात बास बसेर पूmलपातीको दिन बिहानै महादेव खोलामा नुहाइधुवाइ शुद्ध भई चोखो कपडा पहिरिएर फुलपातीबोक्न तयार हुन पर्छ । षष्ठीको दिन छत्रे देउरालीमा रात बस्ने गरेर जाने टोलीमा मगर, नेवार, बाहुन र क्षत्री समुदायलाई समेटिएका छन् । हनुमानढोका दरवारबाट १६ र समरजंग कम्पनीबाट दुई जना गरी १८ सदस्य टोलीले फुलपातीकाठमाडौ ल्याउँछन् । पूmलपातीमा केराको पात, उखुको बोट, अदुवाको बोट, बेलपत्र, धानको बाला, करीको पूmल र मौसमी पूmलका थुँगाहरु हुन्छन् ।
उता गोरखा दरवारबाट पाँच जना मगर समुदायका व्यक्तिले फुलपातीबोकी ल्याउँछन्, त्यसमा एउटा निख्खर कालो बोका र एउटा भेडाको थुमा बली दिएर पूजा अर्चना हुन्छ । काठमाडौंबाट छत्रे देउराली पुगेको टोलीलाई फुलपातीलिएर आएका गोरखाको मगर टोलीले टीका प्रसाद लगाइदिएपछि काठमाडौंबाट गएको टोलीले भीमढुङ्गा सीतापाइला हुँदै फुलपातीजमलमा ल्याइपु¥याउँछन् । जमलमा हनुमानढोका दरवारस्थित दशैंघरका पुजारीले पूजा अर्चनासहित पूmलपातीलाई पर्सने गर्दछन्् ।
फुलपातीपर्सिएपछि शौभाग्यको प्रतिक रातो पहिरन र रातै शृङ्गारमा झकिझकाउ १६ जना महिलाको टोलीले मालश्री रागसहित उक्त पूmलपातीलाई हनुमानढोका दरवारस्थित नासलचोकमा ल्याउँछन् । र नासलचोकमा पूmलपातीसंगै ल्याइएको कलशमाथि राखिएकी देवीको तस्विरमा अर्चना गरिन्छ पूmलपातीको दायाँबायाँ लगेर जमलदेखि नासलचोकमा आएको आशागुर्जा (पूजा सामग्रीको गुन्टा)को साथमा पूmलपातीलाई दशैघरका पुजारीले अर्चनासहित दशैंघरमा भित्र्याउँछन् । दशैंमा फुलपातीभित्र्याउने साइतमा नेपाली सेनाले टुँडिखेलमा हर्ष बढाइँ गर्ने र राष्ट्र प्रमुखबाट बढाइँ अवलोकन गर्ने गरिन्छ ।
त्यस्तै हनुमानढोका दरबारमै रहेको नुवाकोटको कडेलचोक भगवतीमा भने नेपाली सेनाको टुकडीले धोवीचौरबाट ल्याएको फुलपातीभित्र्याइन्छ । यो फुलपातीभने बालाजुस्थित पुरानो गुह्येश्वरीबाट बोकेर ल्याइन्छ । भगवतीका पुजारीसहितको टोलीले क्षेत्रपाटीमा फुलपातीपर्सने र हनुमानढोका दरवारस्थित महादेव पार्वती डवलीमा पुःन अर्चना गरिएपछि कडेलचोक भगवती समक्ष फुलपातीराख्ने परम्परा छ ।
अन्तिम मल्ल राजा जयप्रकाश मल्लको पराजयपछि शाहवंशीय राजाले हनुमानढोका दरवारस्थित दशैंघरमा भित्र्याउने गरी गोरखा दरवारबाट फुलपातील्याउन थालेपछि मल्लकालीन यो फुलपातीभित्र्याउने परम्परा तामझाम विहीन हुन पुगेको इतिहासविदहरु बताउँछन् ।


