तरुण खबर
२९ आश्विन २०७८, शुक्रबार ०९:२५
काठमाडौं । यदितपाइको राती मोबाइल चलाउने बानी छ भने होसियार हुनुहोस् । किनकी यो अभ्यास खतरापूर्ण साबित भएको छ । राती मोबाईल प्रयोग गर्दा धेरै हानी हुन्छ भन्ने विभिन्न शोधमा आइसकेको छ । राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु पढ्नु होस् ।
तौल बढ्ने : सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा तपाईंको तौल बढ्छ ।
समस्या समाधानमा कठीन: सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।
दिमागलाई असर: सुत्ने बेलामा मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुनसक्छ ।
आँखामा प्रेशर : अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले तपाईंको आँखाको समस्या बढ्ने गर्छ ।
निन्द्रामा समस्या: यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भने पनि तपाईको लागि खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन–अफ र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई कामगर्न कठीन पर्छ ।
ध्यान दिन नसक्नु : मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाइ रहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।


