तरुण खबर
२१ माघ २०७७, बुधबार १५:०७
रिहाना र कंगनाबीच ट्वीटरमै द्वन्द्व
काठमाडौं । नयाँ कृषि कानूनको विरुद्ध भारतीय किसानहरुको संगठनले ४० लाख ट्याक्टरहरुको दिल्लीमा ¥याली निकाल्ने भएका छन् । सरकार र किसानहरुबीच देखिएको टकराव बढ्दै गएको छ । अझै माग पुरा नभए देशभर ट्याक्टर ¥याली निकाल्ने किसानहरुको संघठनले चेतावनी दिएका छन् ।
पछिल्लो दुई महीनादेखि दिल्लीको सीमा क्षेत्रमा आन्दोलन गरिरहेका किसानकै विषयमा कलाकार द्वय रिहाना र कंगना रनौतबीच ट्वीटमा जुहारी चलेको छ । अन्तर्राराष्ट्रिय रक स्टार रिहानाले किसान आन्दोलनको समर्थन गरेकी छन् भने कंगनाले किसानहरुको आन्दोलनलाई आतंकवादीको संज्ञा दिएकी छन् । रिहाना विश्व स्तरकी पहिलो स्टार हुन्, उनले किसान आन्दोनको समर्थनमा ट्वीट गर्दै आएकी छन् । रिहानाको ट्विटरमा दस करोड़ फलोवर छन् । उनले किसान आन्दोलनलाई समर्थन गरेको ट्वीटमा एकै घण्टामा हजारौंले रिट्वीट गरेका थिए ।
भारतीय किसान यूनियन (बीकेयु) प्रवक्ता राकेश टिकैतले भनेका छन्– हामीले सरकारलाई अक्टूबरसम्म समय दिएका छौ, त्यसपछि पनि भारत सरकारले सुनेन भने ४० लाख ट्याक्टरको साथ देशव्यापाी ¥याली निकाल्ने छौं । किसानहरुले नारा नै बनाएका छन– नयाँ कानुन फिर्ता नहुँदा घर फर्किदैनौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत शनिबारको सर्वदलीय बैठकमा एक वर्षका लागि नयाँ कृषि कानुन स्थगित गर्ने प्रश्ताव राखेका थिए । तर किसानहरुको संघठनले नयाँ कानुन रद्द गर्नु पर्ने अडान लिइरहेका छन् ।


