समृद्धिको गतिमा सिम्रौनगढ नगरपालिका

समृद्धिको गतिमा सिम्रौनगढ नगरपालिका तरुण खबर ९ कार्तिक २०७८, मंगलवार ०९:३७
समृद्धिको गतिमा सिम्रौनगढ नगरपालिका

सरकारी जागिरको सिलसिलामा मलाई धेरै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुने अवसर प्राप्त भयो । कार्यकारी प्रमुखको जिम्मेवारी स्थानीय जनतासँग सिधै जोडिने पद हो । जसले गर्दा उनीहरूको विकासको चाहना, सेवा प्रवाह, व्यक्तिगत समस्या, समाधानको उपाय र त्यस ठाउँको आर्थिक, सामाजिक, धार्मिक–सांस्कृतिक अवस्थाबारे साक्षत्कार गर्ने अवसर मिलिरहेको छ । यसअघि मैले धादिङको सदरमुकाम रहेको निलकण्ठ नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, काठमाडौको बुढानिलकण्ठ नगरपालिका, काभे्रको धुलिखेल नगरपालिका, भक्तपुरको थिमि नगरपालिकालगायत विभिन्न ठाउँमा काम गरेको अनुभवका आधारमा प्रदेश २ को बारा जिल्ला सिम्रौनगढ नगरपालिकामा काम गरेको थिएँ ।

म पहिलोपटक धादिङको निलकण्ठ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर गएको थिएँ । मेरो अनुभवले ती नगरपालिका र सिम्रौनगढलाई तुलना गर्न मिल्दैन । यिनीहरूको अलग–अलग विशेषता र सम्भावना छन् । भूगोलका हिसाबले सिम्रौनगढ थोरै बजेटले पनि धेरै काम गर्न सकिने ठाउँ हो । पहिले बाराको कलैयाबाट सिम्रौनगढमा विकास आउनै सकेको थिएन भन्दा पनि हुन्छ । अहिले इच्छाशक्ति भएका युवाहरू निर्वाचित भएर आउनुभएको छन् । उहाँहरूमा काम गर्ने इच्छाशक्ति देखिन्छ ।

भारतको विहार र उत्तर प्रदेशका विद्यालयहरूले आफ्ना विद्यार्थीलाई सिम्रौनगढमा शैक्षिक भ्रमणमा ल्याउने सम्भावना त्यत्तिकै छ । यो सम्भावनालाई व्यवहारमा उतार्न सक्ने हो भने सिम्रौनगढको आर्थिक कायापलट टाढा छैन । यसका लागि स्तरीय होटल, रिसोर्टहरूमा लगानी गर्न लगानीकर्ताहरूलाई प्रेरित गर्नुपर्छ ।

धेरै नगरपालिकाका जनप्रतिनिधिहरूसँग उठबस तथा सहकार्य भयो । सबैको मुखबाट एउटै कुरा सुनियो– ‘मेरो जिल्ला, मेरो गाउँपालिका, मेरो नगरपालिका अथाह सम्भावनाको स्रोत हो ।’ जनप्रतिनिधिले आ–आफ्नो ठाउँमा अथाह सम्भावना देख्नु स्वाभाविकै हो । तर सिम्रौनगढ नगरपालिका क्षेत्र भने साँच्चै नै अथाह सम्भावनाको स्रोत नै हो । मेरो अनुभवका आधारमा भन्ने हो भने दूरदृष्टि, जनप्रतिनिधिमा काम गर्ने इच्छाशक्ति र स्रोतसाधन परिचालनमा निस्वार्थ भावना भए पुग्छ । त्यो यहाँ देखिन्छ । कृषि, उद्योग, व्यापार र पर्यटनको सम्भावना सिम्रौनगढ नगरपालिकामा पर्याप्त छ । किनकि कृषिका लागि जमिन र ऐतिहासिक रूपमा सिम्रौनगढ राज्य नै सञ्चालन भएको संसार प्रसिद्ध ठाउँ हो यो ।

तराई–मधेसप्रति कर्मचारीको दृष्टिकोण
प्रदेश २ मा कर्मचारी जान नमान्नु राज्यका लागि समस्या भएको छ । त्यो प्रदेशमा किन नजाने, किन काम नगर्ने भन्ने समस्याको कारण पत्ता लगाउन आवश्यक छ । मुलुकले आशा गरेका, बौद्धिक ठानेका, सिर्जनशील कर्मचारी किन प्रदेश २ का गाउँपालिका, नगरपालिकामा जाँदैनन् भन्ने कुराले परिवर्तनमा प्रभाव राख्ने हुँदा मैले यो विषय उठाएको मात्र हुँ । उदाहरणको मलाई नै हेर्न सकिन्छ । मुलुकमा समृद्धिका लागि परिवर्तन ल्याउने हो भने राष्ट्रसेवक कर्मचारीले मुलुकका जुनसुकै क्षेत्रमा जान तयार हुनै पर्छ । इमानदारीपूर्वक देशको सेवा गर्नै पर्छ भन्ने मान्यता मेरो छ ।

कृषिमा सिम्रौनगढको सम्भावना
अधिकांश जमिनमा सिँचाइको सुविधा छ । सिँचाइ सुविधाका लागि नहर, भूमिगत सिँचाइ तथा पोखरीहरू पनि प्रचुर छन् । तराईका भू–भाग डुवान तथा बाढीको जोखिममा छन्, तर सिम्रौनगढ नगर क्षेत्र बाढी तथा डुवानको जोखिमबाट मुक्त छ । नेपालका धेरैजसो ठाउँमा कृषिउपज बिक्रीका लागि बजारको समस्या छ, तर सिम्रौनगढ नगरपालिकामा बजारको समस्या छैन । वीरगन्ज महानगरपालिका, कलैया र जितपुर–सिमरा उप–महानगरपालिका सिम्रौनगढ बजारबाट नजिक छन् । छिमेकी मित्रराष्ट्र भारतको घोडासन बजार पनि नजिक छ । यी क्षेत्रहरूमा सिम्रौनगढका कृषकले गरेको उत्पादन सजिलै बिक्री हुने अवस्था छ ।

स्थानीय, प्रदेश र संघको निर्वाचन गर्दा राज्यको खर्च कम हुने मात्र होइन, दलहरुको समय वचत र आर्थिक रुपमा खर्च समेत कम हुने देखिन्छ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एक वर्षभित्रै गर्नु पर्ने अबस्था छ ।

साथै, राजधानी काठमाडौं पनि खासै टाढा छैन । राजधानी काठमाडौंबाट तराईको सबैभन्दा नजिकको जिल्ला भनेकै बारा हो । राजधानी काठमाडौंमा खपत हुने केही तरकारी धेरै वर्षदेखि सिम्रौनगढ क्षेत्रबाट जाने गरेको छ । उन्नत तथा व्यावसायिक कृषि प्रणाली सुरु गर्ने हो भने सिम्रौनगढबाट ठूलो परिमाणमा खाद्यान्न र तरकारी अन्यत्र निर्यात गर्न सकिन्छ । यसैगरी, माछापालन तथा कुखुरापालन व्यवसाय पनि फस्टाएको छ, तर दुग्ध उत्पादन व्यवसाय भने फस्टाउन बाँकी छ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन लागेको र काठमाडौं–निजगढ फास्ट्र ट्रयाक निर्माणाधीन रहेको सन्दर्भलाई हेर्ने हो भने सिम्रौनगढ नगरपालिकामा कृषि क्रान्ति हुने दिन धेरै टाढा छैन । जुन दिन फास्ट्र ट्रयाक निर्माण सम्पन्न हुनेछ, त्यसलगत्तै बारा जिल्लाका किसानहरूको जीवनस्तर कायापलट हुने अवस्था छ ।

सार्वजनिक पोखरीको संख्या ३४ वटा छन्, निजी पोखरी एक सयभन्दा बढी छन् । यी सबै पोखरीमा माछापालन भइरहेको छ, तर पनि त्यस आसपासका शहर बजारमा मागबमोजिमको आपूर्ति सिम्रौनगढबाट हुन सकेको छैन । अपुग माछा अहिले पनि भारतबाटै भित्रिने गरेको छ । त्यसैले माछापालन व्यवसायको सम्भावना अझै बढी छ ।

पर्यटनमा सिम्रौनगढको सम्भावना
सिम्रौनगढ भनेको पहिलो १३औ शताब्दीदेखिकै तिरहुत राज्यको राजधानी शहर हो । तत्कालीन दरबारको भग्नावशेष उत्खनन् गरेर त्यस्तै आकारमा दरबार तथा शहर निर्माण गर्ने हो भने सिम्रौनगढ क्षेत्र विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश हुन सक्छ । नेपाल आउने पर्यटक एकपटक सिम्रौनगढ भ्रमण गर्ने वातावरण बन्छ । निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलले त्यो सम्भावनालाई अझ बढाउँछ । सीमा क्षेत्रबाट नजिकै रहेका कारण पनि सिम्रौनगढ क्षेत्रमा भारतीय पर्यटक अकार्षित गर्न सकिन्छ । भारतको विहार र उत्तर प्रदेशका विद्यालयहरूले आफ्ना विद्यार्थीलाई सिम्रौनगढमा शैक्षिक भ्रमणमा ल्याउने सम्भावना त्यत्तिकै छ । यो सम्भावनालाई व्यवहारमा उतार्न सक्ने हो भने सिम्रौनगढको आर्थिक कायापलट टाढा छैन । यसका लागि स्तरीय होटल, रिसोर्टहरूमा लगानी गर्न लगानीकर्ताहरूलाई प्रेरित गर्नुपर्छ । आर्थिक लाभको सम्भावना देखाइदिनुपर्छ ।

उद्योग र व्यापारमा सिम्रौनगढ
सिमराबाट सिम्रौनगढ दुई लेनको सिधा सडकले जोडिएको छ । रेलवे स्टेसन रहेको भारतीय बजार घोडासनबाट सिम्रौनगढ पक्की सडकले जोडिएको छ । र, सिम्रौनगढबाट भारतको घोडासन बजार पुग्न ८ किलोमिटर मात्र छ । त्यो भनेको आप्mनै सवारी साधन छ भने १० मिनेटको यात्रा हो । वीरगन्ज महानगरले जसरी व्यापारिक राजधानीका रूपमा ख्याति कमाएको छ, भोलिका दिनमा सिम्रौनगढले पनि कमाउन सक्छ । जसरी वीरगन्ज सिमरा मुलुकको मुख्य औद्योगिक करिडोर बनेको छ, त्यसरी नै निजगड–सिम्रौनगढ पनि भोलि मुलुककै ठूलो औद्योगिक करिडोर बन्न सक्छ । उद्योगहरू स्थापनाका लागि सुरक्षित तथा उपयुक्त भौगोलिक अवस्था सिम्रौनगढमा छ । साथै उद्योगका लागि आवश्यक जनशक्ति पनि सिम्रौनगढ क्षेत्रमा छ ।

तत्कालीन दरबारको भग्नावशेष उत्खनन् गरेर त्यस्तै आकारमा दरबार तथा शहर निर्माण गर्ने हो भने सिम्रौनगढ क्षेत्र विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश हुन सक्छ । नेपाल आउने पर्यटक एकपटक सिम्रौनगढ भ्रमण गर्ने वातावरण बन्छ ।

स्थानीय तहमा जननिर्वाचित सरकार आइसकेपछि सिम्रौनगढको भौतिक पूर्वाधार विकासले गति लिन थालेको थियो । खासगरी सडकहरू धमाधम पक्की हुँदैछन् । यही रफ्तारले काम हुँदै जाने हो भने अबको पाँच वर्षभित्र हुलाकी राजमार्ग र गण्डक नहर सडक निर्माण सम्पन्न हुनेछ । साथै नगरपालिका क्षेत्रभित्रका सबै सडक पक्की हुनेछन् । त्यसपछि सिम्रौनगढ नगर क्षेत्रमा औद्योगीकरणको युग सुरु हुनेछ ।

नगरपालिका क्षेत्रका ग्रामीण सडकहरू पिच गर्नुभन्दा ढलान गर्नु उपयुक्त देखिएको छ । पिचको मुख्य शत्रु भनेको पानी र गोबर हो । तराईका गाउँहरूमा हिउँदयाममा आफ्नो घर अगाडिको सडकमै गाईभँैसी बाँधिन्छ । त्यसैले पिचको तुलनामा ढलान उपयुक्त हुने देखियो । यस वर्ष नगरपालिकाको प्रस्तावित बजेट ५६ करोड रुपैयाँ हो । त्यो बजेटबाट नगरपालिकाका मूल सडक, मठ मन्दिर, रानीबास दरबार क्षेत्रमा सोलार बत्ती राख्नेका काम सुरु गरिसकिएको छ ।
(विश्वराज मरासिनी सिम्रौनगढ नगरपालिकाको प्रमुख कार्यकारी हुँदा (करिब तीन वर्ष) कुराकानीका आधारमा यो लेख तयार पारिएको थियो ।)