तरुण खबर
१२ फाल्गुन २०७७, बुधबार १५:४५
अमेरिकामा २३, फेब्रुअरीमा करिब १२ लाख २४ हजारको परीक्षण, ७१ हजार संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२३, फेब्रअरी) मा १२ लाख २४ हजार ३९१ जनाको नमुना परीक्षण गर्दा ७१ हजार ५४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २२,फेब्रुअरीमा १७ लाख ३३ हजार ८९ जनाको नमुना परीक्षण गर्दा ५९ हजार ६१४ कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२३, फेब्रअरी) मा २४ सय ४ जनाको संक्रमणबाट मृत्यु भएको छ । २२, फेब्रुअरीमा १३ सय ७८ जनाको संक्रमणबाट मृत्यु भएको थियो ।
वर्डमिटर्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार फागुन १२ गते बुधबार बिहान ७.३० बजेसम्ममा २ करोड ८८ लाख ९७ हजार ७१८ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये बुधबार बिहान ७.३० बजेसम्ममा १ करोड ९२ लाख १२ हजार ५१७ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन १२ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९१ लाख ७० हजार २ सय ५ जना छन् ।
नेपाली समय अनुसार फागुन १२ गते बुधबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ३५ करोड १० लाख ५३ हजार ६७९ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब १ करोड ९२ लाख ४१ हजार ५२२ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब २ करोड बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन १२ गते बुधबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख १४ हजार ९ सय ९६ जनाको मृत्यु भैसकेको छ ।
फागुन १२ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ करोड २६ लाख ३८ हजार ४४६ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख ९५ हजार ३३९ जना छन् ।


