कुमारी बैंक र जीवन्त एडभान्सबीच सम्झौता सम्पन्न

कुमारी बैंक र जीवन्त एडभान्सबीच  सम्झौता सम्पन्न तरुण खबर १३ फाल्गुन २०७७, बिहीबार ११:०५
कुमारी बैंक र जीवन्त एडभान्सबीच  सम्झौता सम्पन्न

काठमाडौं । कुमारी बैंकले जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गबीच सम्झौता भएको छ । त्यसैगरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो । सो सम्झौता पत्रमा बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य र जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गका प्रबन्ध निर्देशक ममता हमाल घिमिरेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गमा एम .आरआई, सीटी स्क्यान लगायत अल्ट्रा साउन्ड् शुल्कमा ग्राहकहरुले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा दश प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ