तोकिए भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको अर्थमन्त्रीको दावी

तोकिए भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको अर्थमन्त्रीको दावी तरुण खबर २३ कार्तिक २०७८, मंगलवार ०९:०९
तोकिए भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको अर्थमन्त्रीको दावी

सिन्धुपाल्चोक । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ । हिजो सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।

मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको जानकारी पनि दिनुभयो । मन्त्री शर्माले तातोपानी नाकाको पूर्वाधार विकासका लागि अर्थ सचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि ठोस योजना बनाउन समेत निर्देशन दिनुभयो ।

नाका तथा भन्सार कार्यालयको निरीक्षणमा पुग्नुभएका मन्त्री शर्माले चीन सरकारको सहयोगमा निर्मित सुख्खा बन्दरगाहको समेत निरीक्षण गर्नुभएको थियो । कोरोना महामारीका कारण हाल तातोपानी नाका प्रायः बन्द रहेको छ ।