तरुण खबर
५ बैशाख २०७६, बिहीबार १२:५१
काठमाडौं । अमेरिकी स्पोर्टस् एकेडेमीका अध्यक्ष तथा कार्यकारी अधिकृत डा. टीजे रोशानडिचले नेपालमा स्पोर्टस साइन्स युनिभसिटी स्थापनामा चासो देखाएका छन् । त्रिभुवन विश्वविद्यालय खेल विज्ञानमा स्नातोत्तर गरिरहेका विद्यार्थीलाई प्रवचन दिनेक्रममा अध्यक्ष रोशानडिचले नेपालमा स्पोर्टस युनिभरसिटी स्थापनामा चासो देखाएका हुन् । उनले नेपालमा स्पोर्टस साइन्स विश्वविद्यालय स्थापना भए आफूले सहयोग गर्ने वचन दिए ।
डा. रोशानडिचले अमेरिकामा भएको खेल विकासका बारेमा नेपाली विद्यार्थीलाई सुनाएका थिए । खेललाई एउटा पद्धतिमा विकास गर्न सके राज्य र नागरिक सबैलाई फाइदा हुने बताएका थिए । खेलकुदमा मार्केटिङ, विज्ञापन, व्यवस्थापन र सेक्स हेरेस्मेन्टबारे बताएका थिए । मार्केटिङ बिना कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुन नसक्ने तथा टेलिभिजन प्रशारण अधिकारबाट प्रशस्त आम्दानी हुनसक्नेबारे डा. रोशानडिचले विद्यार्थीलाई बताएका थिए ।
विज्ञापनमार्फत् करोड कारोबार हुने खेलबाट राज्यले ठूलो धनराशी आम्दानी गर्न सक्छ भने मनोरञ्जनन प्राप्त गर्ने र स्वास्थ्य नागरिक उत्पादनका लागि खेलकुद महत्वपूर्ण भएको डा. रोशानडिचले बताएका थिए । डा. रोशानडिचको प्रस्तुत सुन्न त्रिविवि स्पोर्टस साइन्सका दुई दर्जन विद्यार्थी र प्राध्यापक सहभागी भएका थिए । त्रिभुवन विश्वविद्यालय परराष्ट्र विभागले चासो देखाए मात्र स्पोर्टस साइन्स विश्वविद्यालय स्थापना गर्न सम्भव हुने कार्यक्रम संयोजक दिवाकरलाल अमात्यले बताए । यो विषयमा नेपाल सरकार र त्रिविवि सकरात्मक रहेको संयोजक अमात्यले बताए ।


