तरुण खबर
१४ फाल्गुन २०७७, शुक्रबार ११:४७
अमेरिकामा २५, फेब्रुअरीमा करिब १८ लाखको परीक्षण, ७७ हजार संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२५, फेब्रुअरी) मा १८ लाख ५ हजार ७३२ जनाको नमुना परीक्षण गर्दा ७७ हजार ३७७ जना संक्रमित थपिएका छन् । २४, फेब्रुअरीमा १४ लाख ७८ हजार ७४२ जनाको नमुना परीक्षण गर्दा ७५ हजार ५६१ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टा (२५,फेब्रुअरी) मा २४ सय १४ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । २४, फेब्रुअरीमा कोरोना भाइरसको संक्रमणबाट २५ सय ३३ जनाको मृत्यु भएको थियो ।
वर्डमिटर्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार फागुन १४ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा २ करोड ९० लाख ५२ हजार २६२ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये शुक्रबार बिहान ७.३० बजेसम्ममा १ करोड ९४ लाख ३५ हजार ४५३ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन १४ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९० लाख ९६ हजार २४ जना छन् ।
नेपाली समय अनुसार फागुन १४ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ३५ करोड ४३ लाख ३८ हजार १५३ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब २ करोड २५ लाख २५ हजार ९९६ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब २ करोड २५ लाख २५ हजार ९९६ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।
विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन १४ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख २० हजार ७ सय ८५ जनाको मृत्यु भैसकेको छ ।
फागुन १४ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ करोड ३५ लाख ३३ हजार ४१८ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख १८ हजार ३४४ जना छन् ।


