भौतारिदै दाहाल–नेपाल समूह, अविश्वासमै अलमल

भौतारिदै दाहाल–नेपाल समूह, अविश्वासमै अलमल तरुण खबर १५ फाल्गुन २०७७, शनिबार १३:१७
भौतारिदै दाहाल–नेपाल समूह, अविश्वासमै अलमल

काठमाडौं । नेपाली काँग्रेस पर्ख र हेरको रणनीतिक चालमा चलिरहेको छ । संसद् पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै नेपाली कांग्रेस ’एकाएक’ मुलुकको राजनीतिको केन्द्रमा आइपुगेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव नेपाल समूह राजनीतिक रूपमा विभाजित भएको अवस्थामा दुवैले कांग्रेसको समर्थन प्राप्त गर्न खोजिरहेका छन् । तर मुख्य विपक्षी नेपाली कांग्रेसले सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीभित्र औपचारिक विभाजन भइनसकेको भन्दै तत्काल कुनै पक्षलाई सहयोग गर्न नसकिने निष्कर्ष निकालेको छ । नेपाली कांग्रेसको पछिल्लो अडानलाई कतिपयले ’आफू अनुकूल जुनसुकै समूहसँग मिलेर सत्तामा जाने’ दाउका रूपमा हेरेका छन् भने अन्य केहीले त्यसलाई कांग्रेसको “सुझबुझपूर्ण परिपक्व“ कदमका रूपमा व्याख्या गरिरहेका छन् ।

अविश्वासमा दाहाल–नेपाललाई सकश
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद्मा २५ प्रतिशत सांसद सङ्ख्या पु¥याएर प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने राजनीतिक विश्लेषकहरुको धारणा छ । त्यसले मात्र प्रधानमन्त्रीले कसको समर्थन प्राप्त गर्छन्, कसको गर्दैनन् भन्ने कुरा प्रस्ट हुन्छ, विश्लेषक पुरञ्जन आचार्यले भने । उनले भने– प्रधानमन्त्री हटाउने प्रक्रियामा प्रचण्ड–माधव नेपाल पक्षले समर्थन दिन सक्दैन । नफुटेका कारण आफ्नै प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु राम्रो पनि मानिँदै । महाधिवेशनसम्म सरकारमा नजाने अडान पटक पटक दोहो¥याएको कांग्रेसले सरकार बनाउन दलहरूलाई समर्थन दिन भने सक्छ नै ।

कुनैबेला मित्र ओली र देउवाको दोहोरी
अहिले पनि नेकपा एउटै छ, ओली समूह र दाहाल–नेपाल समूह कानुनी रुपमा विभाजित भएका छैनन् । उनीहरूमा विवाद छ, विभाजन छैन । संसद् बसेपछि उनीहरू कसरी अगाडि बढ्छ त्यसको स्पष्ट चित्र नआएसम्म हामीले कसको पक्ष लिने भन्ने कुराको कुनै अर्थ छैन कांग्रेस सभापति शेरबहादुर देउवा निकट भनेर चिनिएका नेताहरुले बताएका छन् । ओलीको निर्णय आफूहरूले पहिले देखिनै असंवैधानिक भनेको अवस्थामा उनीप्रति आफूहरूको दृष्टिकोण नफेरिएको काँग्रेसका नेताहरुले बताए छन् । तर कुनैबेलाका मित्र ओली र देउवाबीच तिक्ततापूर्ण सम्बन्ध बनेको थियो । पूर्व एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ साल कार्तिक २९ गते शेरबहादुर देउवालाई काँग्रेसका अन्तिम प्रधानमन्त्री घोषणा गरेका थिए । त्यसपछि देउवाले त्यसको भोलिपल्ट कात्तिक ३० गते धनगढी पुगेर ओलीलाई जवाफ फर्काए– मलाई ज्योतिषले सात पटक प्रधानमन्त्री हुन्छ भनेका छन् । कसरी अन्तिम प्रधानमन्त्री हुन्छु म ? भनेका थिए । यसरी चलेको थियो ओली र देउवाको दोहोरी ।

दाहाल– नेपाल समूहले आफ्नै प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु राम्रो पनि मानिँदै । महाधिवेशनसम्म सरकारमा नजाने अडान पटक पटक दोहोयाएको कांग्रेसले सरकार बनाउन दलहरूलाई समर्थन दिन भने सक्छ नै । 

राजनीतिशास्त्री कृष्ण खनालका अनुसार सत्तारूढ दल विभाजित भएका बेला विपक्षी दलले आफ्नो हिसाब किताब गरेर कदम चाल्नु स्वाभाविक हो । यो अवस्थाको फाइदा आफ्नो पक्षले लिन जसले पनि खोज्ने थिए खनालले भनेका थिए ।  नेकपाको ओली र प्रचण्ड–माधव नेपाल समूह राजनीतिक रूपमा विभाजित भएको अवस्थामा दुवैले कांग्रेसको समर्थन प्राप्त गर्न खोजेका छन् । नेकपा विभाजित भइनसकेको अवस्थामा पहिलो काम दुबै समूहले आफ्नो अडान टुङ्गोमा पु¥याउनुपर्ने हुन्छ । संसद्मा कांग्रेस एक्लैले अविश्वासको प्रस्ताव समेत लान नसक्ने अवस्थामा पछिल्ला मुद्दाहरूमा प्रमुख जिम्मेवारी नेकपाकै हो । प्रधानमन्त्रीले त्यस्तो नगरेको अवस्थामा नेकपाकै अर्को समूहले विकल्प दिन सक्नुपथ्र्याे । तत्काल संसदीय दलको बैठक बोलाएर अर्को नेता छान्न सक्नुपथ्र्यो । अनि त्यसले पनि गाँठो फुकाउन सकेन भने बल्ल अरू दलको कुरा आउँछ । आफ्नो नेता बदल्ने नेकपा आफैँसँग हैसियत छ । दलको नेता बदल्दा पार्टी विभाजन भयो र त्रिशङ्कु संसद्मा गयो भने मात्रै अर्को दलको कुरा आउँछ । त्यस कारण नेकपाले आफ्नो नेता बदल्ने वित्तिकै यो गतिरोध सल्टिन्छ । अर्को मान्छे प्रधानमन्त्री बन्छ ।

कानुनी रूपमा विभाजित भइनसकेको नेकपामा दुई अध्यक्षमध्ये एक कार्यकारी रहेकाले प्रधानमन्त्रीले बैठक नबोलाए कार्यकारी अध्यक्षले बोलाउन सक्ने कृष्ण खनालले बताएका थिए । तर उनी कार्यकारी अध्यक्ष भएको निर्वाचन आयोगले चाल पाउन सकेको छैन । किन भने आयोगलाई नेकपाले पार्टीको निर्णय पठाएकै छैन ।  त्यस कारण कांग्रेसले तपाईँहरू आफ्नो स्थिति स्पष्ट पार्नुस् अनि आउनुस् भन्नु त स्वाभाविक नै हो ।

सरकार बनाउन १३८ सांसद आबश्यक
संसदको विद्यमान संख्याका हिसाबले सरकार बन्न १ सय ३८ सांसद आवश्यक पर्छ । कांग्रेससँग सांसदको संख्या ६३ जना छन् भने दुईजना निलम्बित छन् । यसर्थ, काँग्रेसका ६१ जनाले मात्रै मत हाल्न पाउँछन् । सभामुखसहित १७३ सांसद रहेको नेकपामा १७१ जनाले मात्रै मत दिन सक्छन् । सभामुख मदतानमा सहभागी हुन पाउँदैनन् भने एक जना सांसद सानु सिवको निधन भइसकेको छ । जसमा ओली समूहमा ८४ जना सांसद छन् भने प्रचण्ड–माधवतिर ८७ सांसद छन् । ओली र देउवासँग रहेका सांसद जोड्दा १४५ पुग्छ, जुन संख्या सरकार बनाउन पुग्छ । देउवाले आपूm निकट केन्द्रीय सदश्य रमेश लेखक र महामन्त्री पूर्णबहादुर खड्का ओली सम्बाददूतहरुसँग कुराकानी गरिरहेका छन् ।