तरुण खबर
१५ फाल्गुन २०७७, शनिबार १३:४९
अमेरिकामा २६, फेब्रुअरीमा करिब १७ लाखको परीक्षण, ८० हजार संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२६, फेब्रुअरी) मा १७ लाख ४३ हजार ७७९ जनाको नमुना परीक्षण गर्दा ८० हजार ६२५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २५, फेब्रुअरीमा १८ लाख ५ हजार ७३२ जनाको नमुना परीक्षण गर्दा ७८ हजार ७१४ जना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२६, फेब्रुअरी) २२ सय ४६ जनाको संक्रमणबाट मृत्यु भएको छ । २५,फेब्रुअरीमा २४ सय ६५ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।
वर्डमिटर्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार फागुन १५ गते शनिबार बिहान ७.३० बजेसम्ममा २ करोड ९१ लाख ३६ हजार ९१२ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये शनिबार बिहान ७.३० बजेसम्ममा १ करोड ९५ लाख ३४ हजार ६८ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन १५ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९० लाख ७९ हजार ७६२ जना छन् ।
नेपाली समय अनुसार फागुन १५ गते शनिबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ३५ करोड ६० लाख ८१ हजार ९३२ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब २ करोड ४२ लाख ६९ हजार ७७५ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब २ करोड ४२ लाख ६९ हजार ७७५ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन १५ गते शनिबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख २३ हजार ८२ जनाको मृत्यु भैसकेको छ ।
फागुन १५ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ करोड ३९ लाख ८४ हजार ४० छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख २९ हजार ३०५ जना छन् ।


