तरुण खबर
१७ फाल्गुन २०७७, सोमबार १७:५५
हरीद्वारा १८ प्रदर्शनकारीको गोली हानी हत्या
काठमाडौं । म्यानमारको सैनिक शासकले आप्mनो नियन्त्रणमा रहेको शासन जोगाउन हतास मनस्थितिमा देखिएको छ । सैनिक शासनको विरोधमा आइतबार भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ । यसअघि म्यानमारमा सैन्य शासनको विरोधमा प्रदर्शन गर्दा दुई जना प्रदर्शनकारी मारिएका थिए । आइतवारको घटनामा कम्तीमा १८ जना मारिएको र ३० जना घाइते भएका थिए कतिलाई सैनिक शासकले पक्राउ ग¥यो तथ्यांक अझै आउन सकेको छैन । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गरेको छ ।
संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयले यस घटालाई सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा घातक दिन भएको बताएको छ । आइतबार म्यानमारका यंगुन, दवेई र मन्डाले शहरमा प्रदर्शन चर्किएको थियो । ती शहरमा धेरै प्रदर्शनकारीको ज्यान गएको बिबिसीले जनाएको छ ।
प्रदर्शनकारीहरूमाथि दमन गर्न त्यहाँको सुरक्षाबलले रबर बुलेट, टियर ग्याससँगै गोली समेत चलाएको थियो । सामाजिक सञ्जालहरूमा आएका भिडियोमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिन्छ । फेब्रुअरी १ मा सेनाले शासन सत्ता हातमा लिएयता म्यानमारमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन् । आङ सान सू ची लगायत तत्कालीन सरकारका नेताहरूलाई अपदस्थ गरिनुका साथै उनीहरूलाई बन्दी बनाइएको छ । बाटो छेक्न अवरोधहरू खडा गरिएको र मानिसहरू रगतमा लतपतिएको देखिन्छ । सैनिक कूका नेताहरूले प्रदर्शन रोक्न आग्रह गरे पनि त्यसको कुनै सङ्केत नदेखिएपछि प्रहरी कारबाही आइतवार विस्तार गरेको हो ।
“म्यान्मारका जनतालाई शान्तिपूर्ण रूपमा भेला हुन पाउने र प्रजातन्त्रको पुनर्बहालीको माग गर्न पाउने अधिकार छ,“ प्रवक्ता रविना शमदासनीले भनिन्, “अहिंसक प्रदर्शनकारीविरुद्ध घातक हतियारको प्रयोगको औचित्य अन्तर्राष्ट्रिय मानवअधिकार मान्यता अन्तर्गत कहिल्यै पुष्टि हुन सक्दैन । समाचार संस्था रोयटर्ससँग गरेको कुराकानीमा न्यान वीन शेनको दृढता छ, “उनीहरूले दबाउन खोजे हामी उठ्छौँ, उनीहरूले आक्रमण गरे हामीले प्रतिरक्षा गर्छौँ, सेनाको बुटका अगाडि हामीले कहिल्यै घुँडा टेक्दैनौँ । प्रदर्शन सुरु भएयता कैयौँ मानिस पक्राउ परेका छन् । तर त्यसबारे पुष्टि गरिएको छैन ।


