अमेरिकामा ३५ करोड ९० लाख २१ हजारभन्दा बढीको परीक्षण

अमेरिकामा ३५ करोड ९० लाख २१ हजारभन्दा बढीको परीक्षण तरुण खबर १७ फाल्गुन २०७७, सोमबार १७:५९
अमेरिकामा ३५ करोड ९० लाख २१ हजारभन्दा बढीको परीक्षण

अमेरिकामा २८, फेब्रुअरीमा करिब १३ लाखको परीक्षण, ४९ हजार संक्रमित

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२८,फेब्रुअरी) मा १३ लाख १३ हजार ५७४ जनाको नमुना परीक्षण गर्दा ४९ हजार ४१२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २७,फेब्रुअरीमा १६ लाख २६ हजार ६४ जनाको नमुना परीक्षण गर्दा ६४ हजार ५०१ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।  पछिल्लो २४ घण्टा (२८,फेब्रुअरी) मा १२ सय ८३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । २७, फेब्रुअरीमा कोरोना भाइरसको संक्रमणबाट १५ सय ५५ जनाको मृत्यु भएको थियो ।

वर्डमिटर्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार फागुन १७ गते सोमबार बिहान ७.३० बजेसम्ममा २ करोड ९२ लाख ५५ हजार ३४४ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये सोमबार बिहान ७.३० बजेसम्ममा १ करोड ९६ लाख ९४ हजार ३०६ जनालाई  कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन १७ गते विहान ७.३० बेसम्ममा अमेरिकामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९० लाख ३५ हजार २६२ जना छन् ।

नेपाली समय अनुसार फागुन १७ गते सोमबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले  ३५ करोड ९० लाख २१ हजार ५७० जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब २ करोड ५८ लाख ९५ हजार ८३९ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब २ करोड ७२ लाख ९ हजार ४१३ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन १७ गते सोमबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख २५ हजार ७७६ जनाको  मृत्यु भैसकेको छ ।

फागुन १७ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ करोड ४६ लाख ७४ हजार ३४३ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख ४२ हजार ५५६ जना छन् ।