अमेरिकामा मंगलबारसम्ममा ३६ करोड ७ लाख २५ हजारभन्दा बढीको परीक्षण

अमेरिकामा मंगलबारसम्ममा ३६ करोड ७ लाख २५ हजारभन्दा बढीको परीक्षण तरुण खबर १८ फाल्गुन २०७७, मंगलवार १७:०२
अमेरिकामा मंगलबारसम्ममा ३६ करोड ७ लाख २५ हजारभन्दा बढीको परीक्षण

अमेरिकामा १, मार्च करिब १७ लाखको परीक्षण, ५३ हजार संक्रमित

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (१,मार्च) १७ लाख ३ हजार ६५१ जनाको नमुना परीक्षण गर्दा ५३ हजार १४७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २८,फेब्रुअरीमा १३ लाख १३ हजार ५७४ जनाको नमुना परीक्षण गर्दा ५२ हजार ९६६ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टा (१,मार्च) मा कोरोना भाइरसको संक्रमणबाट १ हजार ४३९ जनाको मृत्यु भएको छ । २८,फेब्रुअरीमा १२ सय ८५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

वर्डमिटर्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार फागुन १८ गते मंगलबार बिहान ७.३० बजेसम्ममा २ करोड ९३ लाख १४ हजार २५४ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये मंगलबार बिहान ७.३० बजेसम्ममा १ करोड ९८ लाख १७ हजार ५३२ जनालाई  कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन १८ गते विहान ७.३० बेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८९ लाख ६९ हजार ४९६ जना छन् ।

नेपाली समय अनुसार फागुन १८ गते मंगलबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले  ३६ करोड ७ लाख २५ हजार २२१ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब २ करोड ८९ लाख १३ हजार ६४ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब २ करोड ८९ लाख १३ हजार ६४ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन १८ गते मंगलबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख २७ हजार २२६ जनाको  मृत्यु भैसकेको छ ।

फागुन १८ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ करोड ४९ लाख ८६ हजार ८०६ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख ४९ हजार ७२५ जना छन् ।