तरुण खबर
११ पुष २०७८, आईतवार १२:०९
काठमाडौं । आफुलाई चलचित्र काँडेतार निर्माण नगर्न दबावसँगै विभिन्न धम्की आएपछि आफुले सुटुक्क यो चलचित्रको छायाँकन गर्नु परेको यसका निर्माता अभिनेता नवल खड्काले बताएका छन् ।
नेपाल भारतको खुला सिमानामा काँडेतार लाउनु पर्छ भन्ने उदेश्यले यो चलचित्र निर्माण गरिएको खड्काको भनाई छ । चलचित्रको शुक्रबार छायाँकन सकिएपछि बल्ल यसको बारे आफुहरुले जानकारी गराएको पनि उनले राजधानीलाई बताए ।
‘खुला सिमानामा काँडेतार बारले दुई मुलुक बीचको नागरिक र भूमि सँरक्षण मात्र हैन, यसले असल छिमेकीको रुपमा पनि सदभाव कायम राख्छ भन्ने सन्देश हामीले दिन खोजेका छौं ।’ यो चलचित्रका निर्देशक समेत रहेका नवल खड्काले बताए ।
यो चलचित्रमा गौरब पहारी, नवल खड्का, रेविका गुरुङ, प्रशान्त यादब, सुरविना कार्की, मुरलीधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, परशुराम चौधरी, पुष्प श्रेष्ठ, रवि शाह, केशव रायमाझी, राजेन्द्र भगत, अन्जु केसी, खेम नेपाली, रामेश्वर वुर्लाकोटीसहित तीन दर्जन भन्दा बढी कलाकारको मुख्य भूमिका रहेको छ ।


