तरुण खबर
२० फाल्गुन २०७७, बिहीबार १७:१८
वार्षिक आठ करोडभन्दा बढी भित्रयाउँछन् हेलम्बुका माछा व्यवसायी
हेलम्ब । राजधानी काठमाडौंबाट करिब ५० किलोमिटरको सडक यात्रा तय गरेपछि सुन्दर पर्यटकीय क्षेत्र हेलम्बुको दक्षिणी भेग पुगिन्छ । चाबहिल, साँखु, जहरसिंह पौवा, बाहुनेपाटी मेलम्ची बजार हुँदै हेलम्बु क्षेत्र पुग्न यति नै समय लाग्छ भनेर एकिन गर्नसकिने अवस्था छैन । फराकिलो पिच सडक भएको भए एक घन्टाको गन्तब्य हो यो । तर असंख्य घुम्ती भएको कच्ची जीर्ण सडकका कारण सामान्यतः सार्वजनिक बसमा चार घन्टा र मोटरसाइकल तथा जीपमा तिन घन्टा लाग्छ । बनेपा धुलिखेल हुँदै जाने वैकल्पिक सडक केही सहज छ, तर दुरी भने करिब दोब्बर छ ।
कुनै बेला स्याउ फल्ने क्षेत्रका रुपमा नाम चलेको हेलम्बुको मुख्य परिचयभ भनेको पर्यटकीय क्षेत्र हो । तर पर्यटन मात्रै नभएर हेलम्बुले विविध सम्भावना बोकेको छ । जसमध्ये रेन्वा ट्राउट माछापालन एउटा हो । बगिरहेको चिसो र सफा पानीमा मात्रै बाँच्न र हुर्कन सक्ने निकै स्वादिलो जातको माछा हो रेन्वो ट्राउट । जसको बजार मुल्य पोखरीमा पालिएको अरु जातिका माछाको भन्दा कम्तीमा चार गुणा बढी हुने गर्दछ । रेन्वो ट्राउट माछापालन व्यवसाय हेलम्बु क्षेत्रमा विस्तारै फस्टाउन थालेको छ । कोरोना भाइरसको महामारीको समयमा समेत ट्राउड माछाको विक्रिमा कुनै असर परेन ।
मेलम्ची नदीबाट राजधानी काठमाडौंमा खानेपानीको आपूर्तिका लागि विगत दुई दशकदेखि सरकारले प्रयास गरिरहेको छ । यहि नदीको उद्गम हो मेलम्ची । हेलम्बु क्षेत्रको सदूर उत्तरमा सुन्दर पर्यटकीय गाउँ छ मेलम्छिम । त्यही गाउँको नामबाट नामबाट मेलम्ची नदीको नामाकरण भएको हो ।
रेन्वो ट्राउट माछापालन व्यवसाय हेलम्बु क्षेत्रमा विस्तारै फस्टाउन थालेको छ । कोरोना भाइरसको महामारीको समयमा समेत ट्राउड माछाको विक्रिमा कुनै असर परेन ।
हिमाली क्षेत्रका प्राकृतिक मूल तथा हिउँ पग्लेर बनेको मेलम्ची नदीको पानी प्रयोग गरेर हेलम्बु क्षेत्रमा रेन्वो ट्राउट माछापालन व्यवसाय सुरु भएको करिब एक दशक पुग्न लागेको छ । सामान्यतः १५ सय मिटरभन्दा कम उचाइ भएका ठाउँमा रेन्वो ट्राउट माछापालनको कल्पनासम्म पनि गरिँदैन । तर हेलम्बु क्षेत्रमा एक हजार मिटरभन्दा कम उचाई भएका गर्मी बेसी तथा टारहरुमा समेत मज्जाले ट्राउट माछा पालन गरिएको छ । यो सम्भावनाको उपज भनेकै मेलम्चीको चिसो पानी हो । हेलम्बु गाउँपालिका–२ किउलमा विगत ६ वर्षदेखि माछापालनम गर्दै आइरहेका युवा उद्यमी इन्द्र भण्डारीले भने– ‘कम्तीमा पाँचदेखि बढीमा १९ डिग्री सेन्टिग्रेड तापक्रममा ट्राउट माछा हुर्कन सक्छ । वैशाख, जेठतिर दिउँसो यहाँको तापक्रम ३० डिग्रीभन्दा माथि पुग्छ, तर मेलम्चीको चिसो पानीका कारण माछापोखरीको तापक्रम १९ डिग्रीभन्दा कममै सीमित राख्न सम्भव भएको छ ।
भण्डारी जस्तै रेन्वो ट्राउट पालन केन्द्रको संख्या हेलम्बु गाउँपालिका १०,१२ वटा पुगिसकेको छ । यसअघि नौवटा फर्मबाट वार्षिक ८० मेट्रिक टन माछा राजधानी काठमाडौं आसपासमा खपत हुने गरी मोटामोटी आँकडा युवा उद्यामी भण्डारीले प्रस्तुत गरे । प्रतिकेजी एक हजार रुपैँयाको हिसाबले पनि रेन्वो ट्राउटबाट हेलम्बु गाउँपालिकाले वार्षिक आठ करोड रुपैयाँ भित्र्याउन थालेको देखिन्छ । करिब २० हजार जनसंख्या भएको हेलम्बुमा रेन्वो ट्राउट व्यवसायमा मात्रै वार्षिक आठ करोड रुपैयाँ भित्रिन थाल्नु भनेको उत्साहजनक अवस्था हो । प्रतिकेजी हजार रुपैयाँमा बिक्रि गर्दा खर्च कटाएर तीन सय रुपैयाँ नाफा हुने युवा व्यवसायी भण्डारी बताउँछन् । संग्लन व्यवसायीहरुले प्रशस्त नाफा गरेको र राजधानी काठमाडौंमा मागअनुसारको आपूर्ति हुन नसकेको कारण अरु व्यवसायीहरु पनि रेन्वो ट्राउटमा आकर्षित देखिएका छन् । चार पाँचवटा फर्महरु पाइपलाइनमा छन् । मेलम्चीको कति पानी काठमाडौं लगिन्छ र कति पानी नदीमै छाडिन्छ ? भन्ने पर्खाइले ट्राउड फर्मका विकास हुने बताइन्छ ।
बजारको अवस्था
तर दुर्भाग्य २०७२ सालमा भएको विनाशकारी भूकम्पका कारण हेलम्बु क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटकको आवगमन ठप्प भयो । त्यो पीडाबाट हेलम्बु क्षेत्र अझै तग्रिन सकेको छैन । गत वर्षदेखि फाट्टफुट्ट पर्यटक जान थालेका छन् । पर्यटक नभएका कारण उत्पादनस्थलमै रेन्वो ट्राउटको खपत सम्भव भएन । यतिबेला राजधानी काठमाडौंमा सुपर मार्केटहरुमा बिक्रि गरिने रेन्वो ट्राउट धेरैजसो हेलम्बुकै हो । उत्पादनहरुबाट सुपर मार्केटहरुले प्रतिकजी एक हजार रुपैयाँ मूल्यमा खरिद गर्छन् र उपभोक्ताहरुलाई प्रतिकेजी १७ सय रुपैयाँ बिक्रि गर्छन् । साथै, जसरी पृथ्वीराजमार्गको मलेखु बजारको रेस्टुरेन्टमा त्रिशूलीका भन्दै बिक्रि गरिने माछा तराईबाट आउँछन्, त्यसरी नै ककनी तथा गोदावारी क्षेत्रका रेन्वो ट्राउट माछापोखरीको किनारमा खोलिएको रेस्टुरेन्टहरुमा फ्राई गरेर राखिएको माछा पनि स्थानिय होइनन्, मेलम्चीबाटै आउने हुन् । ककनी तथा गोदावारी क्षेत्रमा रेन्वो ट्राउट उत्पादनको तुलनामा १० गुणा बढी खपत छ । त्यो खपतले यतिबेला मेलम्चीका ट्राउट व्यवसायीहरुलाई निकै ठूलो राहत दिएको छ ।
मेलम्ची नदीको पानी काठमाडौं पुगेपछि हेलम्बुको रेन्वो ट्राउट व्यवसाय समाप्त हुने त होइनन् ? भन्ने चिन्तामा व्यवसायीहरु छन् । बाँधमुनि २० प्रतिशतकम पानी छाडियो भने व्यवसाय संकटमा पर्ने उनीहरु बताउँछन् ।
उत्पादकले बेच्ने मूल्यभन्दा उपभोक्ताले किन्ने मूल्यमा दोब्बर अन्तर देखिन्छ । उत्पादकको लगानी संकटमा पर्ने, तर उपभोक्ताले महँगो मूल्य तिर्ने, नाफा चाहिँ बिचौलियाको खल्तीमा हुने अवस्था आउन नदिन हेलम्बु क्षेत्रको ट्राउट व्यवसायीहरु सचेत नभएका होइनन् । उपभोक्ताले उत्पादकसँग सिधै खरिद गर्नसक्ने गरी राजधानी काठमाडौंका मुख्य मुख्य ठाउँमा बिक्रि केन्द्र राख्ने सोच उनीहरुले नबनाएका होइनन् । फ्रोजन गरिएका माछा खाने संस्कृति आम उपभोक्तामा विकास भइसकेको छैन, ताजा माछा काठमाडौं ल्याएर बेच्न भरपर्दाे सडक सुविधा छैन । हेलम्बु काठमाडौंको करिब ५० किलोमिटर सडक पिच मात्रै हुने हो भने हेलम्बुका ताजा रेन्वो ट्राउट माछा प्रतिकेजी आठ सय रुपैयाँ काठमाडौंको उपभोक्ता खान सक्ने युवा उद्यमी भण्डारी बताउँछन् ।
धरापमा मेलम्ची नदीको रेन्वो ट्राउट
मेलम्ची नदीको पानी काठमाडौं पुगेपछि हेलम्बुको रेन्वो ट्राउट व्यवसाय समाप्त हुने त होइनन् ? भन्ने चिन्तामा व्यवसायीहरु छन् । बाँधमुनि २० प्रतिशतकम पानी छाडियो भने व्यवसाय संकटमा पर्ने उनीहरु बताउँछन् । बाँधस्थलभन्दा माथि यसै पनि सम्भव भएन । खानेपानीको स्वच्छताबारे प्रश्न उठ्न सक्छ । बाँधस्थलको उचाइ समुन्द्र सतहबाट करिब १५ सय मिटर छ । त्यसभन्दा तल भइरहेको छ यतिबेला माछापालन । माछापालनका लागि पोखरीहरु निर्माण गर्नसकिने फराकिला फाँटहरु पनि बाँधस्थलभन्दा तल नै धेरै छन् । गर्मी क्षेत्र भएकाले रेन्वो ट्राउट पालनका लागि पानीको आवश्यकता धेरै पर्छ । त्यसैले व्यवसायीहरु चिन्तित छन्, व्यवसाय गर्न चाहनेहरु पर्ख र हेर’ को अवस्थामा छन् ।


