अमेरिकाको कुल संक्रमितमध्ये ५ लाख ३३ हजार ६३६ भन्दा बढीको मृत्यु

अमेरिकाको कुल संक्रमितमध्ये ५ लाख ३३ हजार ६३६ भन्दा बढीको मृत्यु तरुण खबर २१ फाल्गुन २०७७, शुक्रबार १७:१७
अमेरिकाको कुल संक्रमितमध्ये ५ लाख ३३ हजार ६३६ भन्दा बढीको मृत्यु

अमेरिकामा ४, मार्चमा करिब १६ लाख ९ हजारको परीक्षण, ६८ हजार संक्रमित

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (४, मार्च) मा १६ लाख ९ हजार ४४२ जनाको नमुना परीक्षण गर्दा ६८ हजार ३२१ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । ३, मार्चमा १४ लाख ५८ हजार ९३९ जनाको नमुना परीक्षण गर्दा ६७ हजार २२५ जना संक्रमित थपिएका थिए ।  पछिल्लो २४ घण्टा (४,मार्च) मा १९ सय ९३ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ३, मार्चमा २ हजार ३५० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

कोरोना भाइरसको सूचना दिने वर्डमिटर्र्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार फागुन २१ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा २ करोड ९५ लाख २६ हजार ८६ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये शुक्रबार बिहान ७.३० बजेसम्ममा २ करोड ९३ हजार ४४२ जनालाई  कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन २१ गते विहान ७.३० बेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८८ लाख ९९ हजार ८ जना छ ।

नेपाली समय अनुसार फागुन २१ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले  ३६ करोड ५० लाख १७ हजार १९३ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ३ करोड ३२ लाख ५ हजार ३६ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ३ करोड ३२ लाख ५ हजार ३६ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।

विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन २१ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ३३ हजार ६३६ जनाको  मृत्यु भैसकेको छ ।

फागुन २१ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ करोड ६२ लाख ७ हजार ५१२ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख ८० हजार ७९४ जना छन् ।