परीक्षण घट्दा संक्रमित संख्यामा कमी

परीक्षण घट्दा संक्रमित संख्यामा कमी तरुण खबर १ माघ २०७८, शनिबार १७:५९
परीक्षण घट्दा संक्रमित संख्यामा कमी

काठमाडौं । २४ घण्टामा परीक्षण घट्दा कोभिड १९ संक्रमित संख्यामा कमी आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४५५६ जनाको नमूना परीक्षण गराउँदा ४६३६ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा ३५० जना डिस्चार्ज भएका छन् भने चार जनाको मृत्यु भएको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरी २१ हजार पाँच सय ८४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार १० हजार चार सय १२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार सात सय एक र ४ हजार एक सय ४४ जनाको एन्टीजेन परीक्षण गर्दा नौ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा २२ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १५ सय ९१ जनामा संक्रमण देखिएको छ । यस्तै ललितपुरमा चार सय ८६ र भक्तपुरमा एक सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । चितवनमा एकैदिन दुई सय पाँच जनामा संक्रमण देखिएको छ ।