तरुण खबर
२२ फाल्गुन २०७७, शनिबार १२:१२
अमेरिकामा ५, मार्चमा करिब १७ लाख ७७ हजारको परीक्षण, ६७ हजार संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (५, मार्च) मा १७ लाख ७७ हजार ८१८ जनाको नमुना परीक्षण गर्दा ६७ हजार २८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ४, मार्चमा १६ लाख ९ हजार ४४२ जनाको नमुना परीक्षण गर्दा ६८ हजार ३२१ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टा (५,मार्च) मा १७ सय ९४ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ४ मार्चमा १९ सय ९३ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।
कोरोना भाइरसको सूचना दिने वर्डमिटर्र्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार फागुन २२ गते शनिबार बिहान ७.३० बजेसम्ममा २ करोड ९५ लाख ९३ हजार ७०४ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये शनिबार बिहान ७.३० बजेसम्ममा २ करोड १ लाख ८३ हजार ३२९ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन २२ गते विहान ७.३० बेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८८ लाख ७४ हजार ८१२ जना छ ।
नेपाली समय अनुसार फागुन २२ गते शनिबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ३६ करोड ६७ लाख ९५ हजार ११ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ३ करोड ३२ लाख ५ हजार ३६ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ३ करोड ४९ लाख ८२ हजार ८५४ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन २२ गते शनिबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ३५ हजार ५६३ जनाको मृत्यु भैसकेको छ ।
फागुन २२ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ करोड ६६ लाख ५९ हजार ७९० छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख ९१ हजार २९५ जना छन् ।


