तरुण खबर
२३ फाल्गुन २०७७, आईतवार ११:२४
अमेरिकामा ६, मार्चमा करिब १२ लाख ९७ हजारको परीक्षण, ५८ हजार संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (६, मार्च) मा १२ लाख ९७ हजार २६२ जनाको नमुना परीक्षण गर्दा ५८ हजार २२८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ५, मार्चमा १७ लाख ७७ हजार ८१८ जनाको नमुना परीक्षण गर्दा ६९ हजार २४५ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा १५ सय १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । ५, मार्चमा १८ सय ३६ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।
कोरोना भाइरसको सूचना दिने वर्डमिटर्र्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार फागुन २३ गते आइतबार बिहान ९.३० बजेसम्ममा २ करोड ९६ लाख ५२ हजार ८९१ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये आइतबार बिहान ७.३० बजेसम्ममा २ करोड २ लाख ७३ हजार ९१५ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन २३ गते विहान ९.३० बेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८८ लाख ४२ हजार ८५७ जना छन् ।
नेपाली समय अनुसार फागुन २३ गते आइतबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ३६ करोड ८० लाख ९२ हजार २७३ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ३ करोड ३२ लाख ५ हजार ३६ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ३ करोड ६२ लाख ८० हजार ११६ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन २३ गते आइतबार बिहान ९.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ३७ हजार ११९ जनाको मृत्यु भैसकेको छ ।
फागुन २३ गते बिहान ९.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ करोड ७० लाख ७८ हजार ८६९ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २६ लाख २३ जना छन् ।


